नेपाली महावाणिज्यदूत निरौला र महानिर्देशक तिङबीच भेटवार्ता
ल्हासा, भदौ ११ । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच बुधबार महावाणिज्यदूतावासमा शिष्टाचार भेटवार्ता भएको छ ।
महावाणिज्यदूत निरौलाले महावाणिज्य दूतावासमा महानिर्देशक तिङको स्वागत गर्दै महानिर्देशकको पहिलो पटक भएको महावाणिज्यदूतावास भ्रमणका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपाल चीनबीचको ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्दै चीन सरकारका तर्फबाट हालसम्म पुऱ्याएको साथ र सहयोगका लागि समेत धन्यवाद दिनु भयो । सो अवसरमा उहाँले यो वर्ष नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव भएकाले विविध कार्यक्रमहरु आयोजना भइरहेका उल्लेख गर्नु भयो । यस्तै उहाँले पारस्पारिक सद्भाव, एकअर्काको सार्वभौमिकताको सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपमा आधारित भई दुबै देशबाट भइरहेका कार्यले संबन्धमा थप बल पुगेको प्रष्ट पार्नुभयो ।
गत असार २४ मा ल्हेन्दे खोलामा गएको बाढीका कारण त्यहाँ रहेको नेपाल चीन मैत्री पुल बगाएपछि नेपाली नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थित रुपमा राखेको, दुई पटक गरेर ३७४ जना नेपालीहरुलाई स्वदेश पठाउन मद्दत पुऱ्याएको, सो स्थानमा फुलामे पुल निर्माण गरिरहेकोमा महावाणिज्यदूत निरौलाले धन्यवाद दिनु भयो । यसैगरी पुल निर्माणमा तीब्रता प्रदान गर्न सम्भव भएसम्म त्यहाँ ह्युम पाइप राखेर अस्थायी व्यवस्था गर्न र त्यहाँको गोदाममा नेपाल लैजाने गरी राखिएको सामान नेपाल पठाउन सहजीकरणका लागि आग्रह समेत गर्नुभयो । त्यसै गरी उहाँले हालसालै चीन र भारतबीच लिपुलेक नाका सञ्चालनका सन्दर्भमा भएको सहमतिमा चासो राख्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको एवम् नेपाल र चीन दुवै राष्ट्रले हालसम्म एक आपसको सार्वभौमसत्ताको सम्मान गरिरहेको परिप्रक्ष्यमा सोही अनुसार व्यवस्थापनका लागि अनुरोध गर्नु भएको छ।
भेटवार्ताका अवसरमा महानिर्देशक तिङले नेपाल चीन सम्बन्धलाई सुदृढ बनाउन हालसम्म गरिएका संयुक्त प्रयासहरुमा महावाणिज्यदूतावासबाट भएको योगदानका लागि धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै उहाँले रसुवा नाका व्यवस्थापनका कार्यमा तीव्रता दिइएको पनि प्रष्ट पार्नुभयो । महानिर्देशक तिङले नेपाल र चीनबीच हुने वाणिज्य व्यापारको मुख्य आधारका रुपमा रहेका रसुवागढी र तातोपानी नाकालाई व्यस्थापन गर्न र किमाथाङ्का नाका सञ्चालन गर्न चीन सरकार तुत्पर रहेको जनाउनु भयो । यसका लागि संयुक्त प्रयास जरुरी भएकोको तिङको भनाइ थियो । यसका साथै सो अवसरमा उहाँले दुई देश र नागरिकहरुको हितमा हुने कार्यमा सहकार्य गर्न तत्पर रहेको प्रष्ट पार्नुभयो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











