नेपाली महावाणिज्यदूत निरौला र महानिर्देशक तिङबीच भेटवार्ता
ल्हासा, भदौ ११ । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच बुधबार महावाणिज्यदूतावासमा शिष्टाचार भेटवार्ता भएको छ ।
महावाणिज्यदूत निरौलाले महावाणिज्य दूतावासमा महानिर्देशक तिङको स्वागत गर्दै महानिर्देशकको पहिलो पटक भएको महावाणिज्यदूतावास भ्रमणका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपाल चीनबीचको ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्दै चीन सरकारका तर्फबाट हालसम्म पुऱ्याएको साथ र सहयोगका लागि समेत धन्यवाद दिनु भयो । सो अवसरमा उहाँले यो वर्ष नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव भएकाले विविध कार्यक्रमहरु आयोजना भइरहेका उल्लेख गर्नु भयो । यस्तै उहाँले पारस्पारिक सद्भाव, एकअर्काको सार्वभौमिकताको सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपमा आधारित भई दुबै देशबाट भइरहेका कार्यले संबन्धमा थप बल पुगेको प्रष्ट पार्नुभयो ।
गत असार २४ मा ल्हेन्दे खोलामा गएको बाढीका कारण त्यहाँ रहेको नेपाल चीन मैत्री पुल बगाएपछि नेपाली नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थित रुपमा राखेको, दुई पटक गरेर ३७४ जना नेपालीहरुलाई स्वदेश पठाउन मद्दत पुऱ्याएको, सो स्थानमा फुलामे पुल निर्माण गरिरहेकोमा महावाणिज्यदूत निरौलाले धन्यवाद दिनु भयो । यसैगरी पुल निर्माणमा तीब्रता प्रदान गर्न सम्भव भएसम्म त्यहाँ ह्युम पाइप राखेर अस्थायी व्यवस्था गर्न र त्यहाँको गोदाममा नेपाल लैजाने गरी राखिएको सामान नेपाल पठाउन सहजीकरणका लागि आग्रह समेत गर्नुभयो । त्यसै गरी उहाँले हालसालै चीन र भारतबीच लिपुलेक नाका सञ्चालनका सन्दर्भमा भएको सहमतिमा चासो राख्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको एवम् नेपाल र चीन दुवै राष्ट्रले हालसम्म एक आपसको सार्वभौमसत्ताको सम्मान गरिरहेको परिप्रक्ष्यमा सोही अनुसार व्यवस्थापनका लागि अनुरोध गर्नु भएको छ।
भेटवार्ताका अवसरमा महानिर्देशक तिङले नेपाल चीन सम्बन्धलाई सुदृढ बनाउन हालसम्म गरिएका संयुक्त प्रयासहरुमा महावाणिज्यदूतावासबाट भएको योगदानका लागि धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै उहाँले रसुवा नाका व्यवस्थापनका कार्यमा तीव्रता दिइएको पनि प्रष्ट पार्नुभयो । महानिर्देशक तिङले नेपाल र चीनबीच हुने वाणिज्य व्यापारको मुख्य आधारका रुपमा रहेका रसुवागढी र तातोपानी नाकालाई व्यस्थापन गर्न र किमाथाङ्का नाका सञ्चालन गर्न चीन सरकार तुत्पर रहेको जनाउनु भयो । यसका लागि संयुक्त प्रयास जरुरी भएकोको तिङको भनाइ थियो । यसका साथै सो अवसरमा उहाँले दुई देश र नागरिकहरुको हितमा हुने कार्यमा सहकार्य गर्न तत्पर रहेको प्रष्ट पार्नुभयो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












