ताजा समाचार

खुटिया नदीमा डुबेर आज चार किशोर बेपत्ता

काठमाडाैं । कैलाली खुटिया नदीमा डुबेर आज चार किशोर बेपत्ता भएका छन्।

गोदावरी नगरपालिका९, सेहरीस्थित झोलुङ्गे पुल नजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बेपत्ता हुनेमा १७ वर्षीय जाबेज भण्डारी, १५ वर्षीय प्रतीक चौधरी, १७ वर्षीय सक्षम जोशी र १५ वर्षीय जेब भण्डारी रहेका छन्।

आज दिउँसो २ बजेतिर नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। उनले बेपत्ता किशोरको खोजीकार्य भइरहेको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org