ताजा समाचार

चर्चा भयाे तर भएन प्रधानमन्त्री ओली र भारतीय समकक्षी माेदीबिच भएन भेटवार्ता !

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेट नहुने भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भेटवार्ता गरेका प्रधानमन्त्री ओलीको मोदीसँग भेटको कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारत भ्रमण तय भइसकेको अवस्थामा भारतका प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्रीको भेटवार्ताको कार्यक्रम चीनमा नरहेको हो ।

उसोतः भारतीय प्रधानमन्त्री मोदी आफ्नो चीन भ्रमण सम्मपन्न गरेर आज दिउँसो नै स्वदेश फर्किसकेका छन् । जापान हुँदै चिन पुगेका मोदी र नेपालका प्रधानमन्त्री बिच चीनमा भेटवार्ता हुने विषयमा चर्चा भए पनि दुवै नेताबिच कुनै भेट वार्ता भएन । सम्मेलनमा सहभागी दुवै नेताबिच सम्मेलनकै दौरान केही समय जम्काभेट भने भएको थियो ।

शनिबार चिनियाँ राष्ट्रपति सीसँगको द्वीपक्षीय भेटका क्रममा प्रम ओलीले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिमा नेपालको आपत्ति प्रकट गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको अवस्थामा ओलीले सो विषय उठाउने अपेक्षा गरिएको थियो ।

सांघाइ कोअपरेसन अर्गनाइजेसनको २५औं शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली शनिबार चीन पुगेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org