चर्चा भयाे तर भएन प्रधानमन्त्री ओली र भारतीय समकक्षी माेदीबिच भएन भेटवार्ता !
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेट नहुने भएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भेटवार्ता गरेका प्रधानमन्त्री ओलीको मोदीसँग भेटको कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारत भ्रमण तय भइसकेको अवस्थामा भारतका प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्रीको भेटवार्ताको कार्यक्रम चीनमा नरहेको हो ।
उसोतः भारतीय प्रधानमन्त्री मोदी आफ्नो चीन भ्रमण सम्मपन्न गरेर आज दिउँसो नै स्वदेश फर्किसकेका छन् । जापान हुँदै चिन पुगेका मोदी र नेपालका प्रधानमन्त्री बिच चीनमा भेटवार्ता हुने विषयमा चर्चा भए पनि दुवै नेताबिच कुनै भेट वार्ता भएन । सम्मेलनमा सहभागी दुवै नेताबिच सम्मेलनकै दौरान केही समय जम्काभेट भने भएको थियो ।
शनिबार चिनियाँ राष्ट्रपति सीसँगको द्वीपक्षीय भेटका क्रममा प्रम ओलीले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिमा नेपालको आपत्ति प्रकट गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको अवस्थामा ओलीले सो विषय उठाउने अपेक्षा गरिएको थियो ।
सांघाइ कोअपरेसन अर्गनाइजेसनको २५औं शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली शनिबार चीन पुगेका हुन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












