किमा थाङ्का नाका सरकारको उच्च प्राथमिकतामा छ: मुख्यसचिव अर्याल
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले उत्तरी क्षत्रेको संखुवासभा जिल्लाकाे किमाथाङ्कानाका सरकारको उच्च प्राथमिकतामा भएका कारण चलायमान बनाउनुपर्ने बताएका छन् । जिल्ला भ्रमणमा संखुवासभा पुगेका मुख्य सचिव अर्यालले प्रधानमन्त्रीको चीन भ्रमणमा समेत उत्तरी नाकाका विषयमा समेत छलफल भएको जानकारि दिएका छन् ।
सोमबार सङ्खुवासभाको सदरमुकाम खाँदवारिमा आयोजित नागरिक सन्तुष्टि र सुशासन प्रवर्द्धनमा सार्वजनिक निकायको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव अर्यालले यस्तो कुरा बताएका हुन् ।
उत्तरी क्षेत्रको नाका नेपाल, चीन र भारतलाई जोड्ने महत्त्वपूर्ण प्रवेशद्वारको रूपमा भएको अर्यालको भनाई छ । त्रिदेशीय लिङ्क रोडले किमाथाङकालाई कोसी प्रदेशलाई मात्र नभई सिङ्गो नेपाललाई सुगम बनाउने बताए ।
अरुण तेस्रो जलविद्युत आयोजना लगायतका विकास निर्माणको काम सन्तोसजनक रहेको समेत मुख्य सचिव अर्यालले जानकारी दिए । उत्तर दक्षिण सडक बाह्रै महिना सञ्चालन हुने र निर्माणले देशको संवृद्धि हुने बताए ।त्यस्तै गरी योगमाया विश्वविद्यालयलाई सञ्चालन गरेर आयुर्वेद क्षेत्रमा नेपाललाई चिनाउन सकिने बताए ।
कार्यक्रममा बोल्दै मुख्य सचिव अर्यालले सरकारी कार्यालयमा देखिने ढिलासुस्तीको प्रवृत्ति अन्त्य गर्नु पर्ने बताए । उनले कर्मचारीलाई सेवा ढिलाइ गरेर जनतालाई दुःख दिने काम तत्काल बन्द गर्न आग्रह गरे। मुख्य सचिव अर्यालले सरकारी सेवा प्रवाह चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












