किमा थाङ्का नाका सरकारको उच्च प्राथमिकतामा छ: मुख्यसचिव अर्याल
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले उत्तरी क्षत्रेको संखुवासभा जिल्लाकाे किमाथाङ्कानाका सरकारको उच्च प्राथमिकतामा भएका कारण चलायमान बनाउनुपर्ने बताएका छन् । जिल्ला भ्रमणमा संखुवासभा पुगेका मुख्य सचिव अर्यालले प्रधानमन्त्रीको चीन भ्रमणमा समेत उत्तरी नाकाका विषयमा समेत छलफल भएको जानकारि दिएका छन् ।
सोमबार सङ्खुवासभाको सदरमुकाम खाँदवारिमा आयोजित नागरिक सन्तुष्टि र सुशासन प्रवर्द्धनमा सार्वजनिक निकायको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव अर्यालले यस्तो कुरा बताएका हुन् ।
उत्तरी क्षेत्रको नाका नेपाल, चीन र भारतलाई जोड्ने महत्त्वपूर्ण प्रवेशद्वारको रूपमा भएको अर्यालको भनाई छ । त्रिदेशीय लिङ्क रोडले किमाथाङकालाई कोसी प्रदेशलाई मात्र नभई सिङ्गो नेपाललाई सुगम बनाउने बताए ।
अरुण तेस्रो जलविद्युत आयोजना लगायतका विकास निर्माणको काम सन्तोसजनक रहेको समेत मुख्य सचिव अर्यालले जानकारी दिए । उत्तर दक्षिण सडक बाह्रै महिना सञ्चालन हुने र निर्माणले देशको संवृद्धि हुने बताए ।त्यस्तै गरी योगमाया विश्वविद्यालयलाई सञ्चालन गरेर आयुर्वेद क्षेत्रमा नेपाललाई चिनाउन सकिने बताए ।
कार्यक्रममा बोल्दै मुख्य सचिव अर्यालले सरकारी कार्यालयमा देखिने ढिलासुस्तीको प्रवृत्ति अन्त्य गर्नु पर्ने बताए । उनले कर्मचारीलाई सेवा ढिलाइ गरेर जनतालाई दुःख दिने काम तत्काल बन्द गर्न आग्रह गरे। मुख्य सचिव अर्यालले सरकारी सेवा प्रवाह चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











