‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो बनाउन सहयोग गर्ने दाबी गरेकी छन् । समग्र मिडिया प्रालिकी सम्पादक अप्सरा गौतमद्वारा सम्पादित पुस्तक विमोचन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री न्यौपानेले गाउँगाउँमा सिंहदरबारलाई सशक्त बनाउन सबै जनप्रतिनिधिले ध्यान दिन आवश्यक रहेको जनाइन् ।
पुस्तकको नामले नै सबै कुरा प्रष्ट पारेको भन्दै मन्त्री न्यौपानेले केन्द्र, प्रदेश र स्थानीय तहलाई संविधानले दिएको साझा अधिकार कार्यान्वयनका लागि स्पष्ट नीति आवश्यक भएकोमा जोड दिइन् । साझा अधिकार कार्यान्वयनका क्रममा स्पष्ट कानुन नहुँदा समस्या देखिएको मन्त्री न्यौपानेको भनाइ थियो । मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधानका लागि अझै स्थानीय सरकारलाई थप शक्तिशाली र प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन् ।
‘संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ । केही एकल र केही साझा अधिकार दिएको छ । तर साझा अधिकार कार्यान्वयनको सन्दर्भमा अस्पष्ट छ । त्यसलाई कानुन बनाएर स्पष्ट बनाउनुपर्ने आवश्यकता छ’, मन्त्री न्यौपानेले भनिन्, ’स्थानीय तहलाई ंसंविधानले जे अधिकार दिएको छ, स्थानीय सरकार सञ्चालन ऐनले पनि धेरै अधिकार दिएको छ । अब अधिकारलाई थप बलियो बनाउन जरुरी छ ।’
पुस्तकमा समेटिएका विषयबस्तुको चर्चा तथा प्रशंसा गर्दै मन्त्री न्यौपानेले सरकारले पनि गाउँगाउँमा सिंहदरबार पुर्याउने लक्ष्य लिएकोे प्रष्ट पारिन् । संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै सरकार अघि बढिरहेको बताउँदै उनले स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । आन्दोलनको उपलब्धिको रुपमा तीन तहको सरकार निर्माण भएको भन्दै उनले स्थानीय तह जनताको नजिकको र आफ्नो सरकार भएको पनि बताइन् ।
कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सिंहदरबारलाई प्रदेश र गाउँतिर पठाउनु गौरवको विषय भएको बताए । सभामुख मण्डलले हिजोको दिनमा सिंहदरबारबाट नै नीति, नियम बन्ने र बजेट पनि बिनियोजन हुने तर अहिले सिंहदरबारको अधिकार प्रदेश र गाउँमा गएकाले त्यसलाई गाउँगाउँमा सिंहदरबार भनिएको बताए ।
अर्थविद् डा चन्द्रमणि अधिकारीले अन्य देशको तुलनामा नेपालमा स्थानीय तहलाई धेरै अधिकार दिएको बताए । उनले संघ, प्रदेश र स्थानीय तहलाई आफूहरुबीच समस्या केमा छ भन्ने थाहा भए पनि समस्या समाधान गर्नेतिर नलागेको आरोप लगाए ।
नेपाल नगरपालिका संघका अध्यक्ष तथा धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले स्थानीय तह भनेर संविधानमा कतै नलेखिएकाले यसलाई सरकारकै रुपमा हेर्नुपर्ने बताए । ढुंगानाले कानुनमा नै ‘स्थानीय सरकार संचालन ऐनं २०७४’ भनिएकाले स्थानीय सरकारलाई पनि सरकारकै रुपमा बुझिदिन आग्रह गरे । उनले स्थानीय तहलाई धेरै अधिकार दिएको भए पनि बजेटको अभावमा कतिपय काम गर्न नसकिने अवस्था रहेको भन्दै संघ र प्रदेश सरकारले स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
आफूले सम्पादन गरेको पुस्तक सम्बन्धमा प्रष्ट पार्दै सम्पादक गौतमले डिजिटल युगमा पढ्ने बानीको विकास होस् भनेर पुस्तक प्रकाशन गरिएको बताइन् । तीनै तहको सरकार, उनीहरुका गुनासा, समस्या, सम्भावनालगायतका विविध सामग्रीहरु पुस्तकमा समावेश गरिएको गौतमले जानकारी दिइन् । विशेषगरी यस पुस्तकले स्थानीय तहका समस्या, ती समस्याहरुको समाधान र स्थानीय तहले आगामी दिनमा बनाउनुपर्ने योजनालाई समेत समेटेको उनले प्रष्ट पारिन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको प्रमुख आतिथ्य रहेको कार्यक्रमको विशेष अतिथिमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, पूर्व राज्यमन्त्री रामसिंह यादव र बिमला बिक रहनु भएको थियो । यस्तै अतिथिहरुमा अर्थविद् डा चन्द्रमणि अधिकारी, प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, स्थानीय तह विज्ञ बालानन्द पौडेल, नेपाल नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, नुवाकोटको बेलकोट गढी नगरपालिका ३ का वडाध्यक्ष कौशीला पुडाशैनी, लेखक पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य सुदर्शन आचार्य, लेखक तथा पत्रकार विरेन्द्र रमण, लेखक तथा पत्रकार हरिशरण न्यौपाने रहेका थिए ।
प्रदेशका मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुख, संविधानविद्, पूर्वमन्त्री, पत्रकार, संघीयताविद्, सांसद र विषयविज्ञ गरी ३३ जनाको लेख ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकमा प्रकाशित गरिएको छ । तीन सय पृष्ठको पुस्तकले तीनै तहको सरकारको विषयवस्तु समेटेको छ । उक्त पुस्तक समग्र मिडिया प्रालिद्वारा प्रकशित भएको हो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











