‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो बनाउन सहयोग गर्ने दाबी गरेकी छन् । समग्र मिडिया प्रालिकी सम्पादक अप्सरा गौतमद्वारा सम्पादित पुस्तक विमोचन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री न्यौपानेले गाउँगाउँमा सिंहदरबारलाई सशक्त बनाउन सबै जनप्रतिनिधिले ध्यान दिन आवश्यक रहेको जनाइन् ।
पुस्तकको नामले नै सबै कुरा प्रष्ट पारेको भन्दै मन्त्री न्यौपानेले केन्द्र, प्रदेश र स्थानीय तहलाई संविधानले दिएको साझा अधिकार कार्यान्वयनका लागि स्पष्ट नीति आवश्यक भएकोमा जोड दिइन् । साझा अधिकार कार्यान्वयनका क्रममा स्पष्ट कानुन नहुँदा समस्या देखिएको मन्त्री न्यौपानेको भनाइ थियो । मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधानका लागि अझै स्थानीय सरकारलाई थप शक्तिशाली र प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन् ।
‘संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ । केही एकल र केही साझा अधिकार दिएको छ । तर साझा अधिकार कार्यान्वयनको सन्दर्भमा अस्पष्ट छ । त्यसलाई कानुन बनाएर स्पष्ट बनाउनुपर्ने आवश्यकता छ’, मन्त्री न्यौपानेले भनिन्, ’स्थानीय तहलाई ंसंविधानले जे अधिकार दिएको छ, स्थानीय सरकार सञ्चालन ऐनले पनि धेरै अधिकार दिएको छ । अब अधिकारलाई थप बलियो बनाउन जरुरी छ ।’
पुस्तकमा समेटिएका विषयबस्तुको चर्चा तथा प्रशंसा गर्दै मन्त्री न्यौपानेले सरकारले पनि गाउँगाउँमा सिंहदरबार पुर्याउने लक्ष्य लिएकोे प्रष्ट पारिन् । संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै सरकार अघि बढिरहेको बताउँदै उनले स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । आन्दोलनको उपलब्धिको रुपमा तीन तहको सरकार निर्माण भएको भन्दै उनले स्थानीय तह जनताको नजिकको र आफ्नो सरकार भएको पनि बताइन् ।
कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सिंहदरबारलाई प्रदेश र गाउँतिर पठाउनु गौरवको विषय भएको बताए । सभामुख मण्डलले हिजोको दिनमा सिंहदरबारबाट नै नीति, नियम बन्ने र बजेट पनि बिनियोजन हुने तर अहिले सिंहदरबारको अधिकार प्रदेश र गाउँमा गएकाले त्यसलाई गाउँगाउँमा सिंहदरबार भनिएको बताए ।
अर्थविद् डा चन्द्रमणि अधिकारीले अन्य देशको तुलनामा नेपालमा स्थानीय तहलाई धेरै अधिकार दिएको बताए । उनले संघ, प्रदेश र स्थानीय तहलाई आफूहरुबीच समस्या केमा छ भन्ने थाहा भए पनि समस्या समाधान गर्नेतिर नलागेको आरोप लगाए ।
नेपाल नगरपालिका संघका अध्यक्ष तथा धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले स्थानीय तह भनेर संविधानमा कतै नलेखिएकाले यसलाई सरकारकै रुपमा हेर्नुपर्ने बताए । ढुंगानाले कानुनमा नै ‘स्थानीय सरकार संचालन ऐनं २०७४’ भनिएकाले स्थानीय सरकारलाई पनि सरकारकै रुपमा बुझिदिन आग्रह गरे । उनले स्थानीय तहलाई धेरै अधिकार दिएको भए पनि बजेटको अभावमा कतिपय काम गर्न नसकिने अवस्था रहेको भन्दै संघ र प्रदेश सरकारले स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
आफूले सम्पादन गरेको पुस्तक सम्बन्धमा प्रष्ट पार्दै सम्पादक गौतमले डिजिटल युगमा पढ्ने बानीको विकास होस् भनेर पुस्तक प्रकाशन गरिएको बताइन् । तीनै तहको सरकार, उनीहरुका गुनासा, समस्या, सम्भावनालगायतका विविध सामग्रीहरु पुस्तकमा समावेश गरिएको गौतमले जानकारी दिइन् । विशेषगरी यस पुस्तकले स्थानीय तहका समस्या, ती समस्याहरुको समाधान र स्थानीय तहले आगामी दिनमा बनाउनुपर्ने योजनालाई समेत समेटेको उनले प्रष्ट पारिन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको प्रमुख आतिथ्य रहेको कार्यक्रमको विशेष अतिथिमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, पूर्व राज्यमन्त्री रामसिंह यादव र बिमला बिक रहनु भएको थियो । यस्तै अतिथिहरुमा अर्थविद् डा चन्द्रमणि अधिकारी, प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, स्थानीय तह विज्ञ बालानन्द पौडेल, नेपाल नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, नुवाकोटको बेलकोट गढी नगरपालिका ३ का वडाध्यक्ष कौशीला पुडाशैनी, लेखक पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य सुदर्शन आचार्य, लेखक तथा पत्रकार विरेन्द्र रमण, लेखक तथा पत्रकार हरिशरण न्यौपाने रहेका थिए ।
प्रदेशका मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुख, संविधानविद्, पूर्वमन्त्री, पत्रकार, संघीयताविद्, सांसद र विषयविज्ञ गरी ३३ जनाको लेख ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकमा प्रकाशित गरिएको छ । तीन सय पृष्ठको पुस्तकले तीनै तहको सरकारको विषयवस्तु समेटेको छ । उक्त पुस्तक समग्र मिडिया प्रालिद्वारा प्रकशित भएको हो ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











