‘कर्ण थापाकाे फरक मत राेकेकाे हाेइन, समूहगत छलफलमा लैजानुस् भनेका हाैं’: राजेन्द्र गाैतम
काठमाडौं । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य कर्ण थापालाई विधान महाधिवेशनमा फरक मत राख्न रोकिएको भन्ने आरोपकाे खण्डन गरेकाे छ ।
पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जारि विधान महाधिवेशनमा थापालाई फरक मत सार्वजनिक गर्न नदिइएको भन्ने दाबी सहि नभएकाे बताएका हुन् ।
गौतमले भने, “उहाँले फरक मत बाँड्नुभएको छ, सबै साथीहरूलाई दिइसक्नुभएको थियो। उहाँले हलबाट समय माग्नुभयो, तर हामीले भन्याै, तपाईँको फरक मत हामीले हेरिसक्यौँ, अब यसलाई समूहगत छलफलमा लैजानुस्। उहाँले पनि यो स्वीकार गर्नुभएको हो।”
गौतमले थापाको फरक मतमाथि छलफल हुनबाट वञ्चित गरिएको भन्ने कुरा असत्य भएको बताए। उनका अनुसार, थापालाई समूहगत छलफलमा सहभागी भएर विचार राख्न भनिएको थियो, तर औपचारिक प्रस्तुतिमा सहभागी नहुनु थापाको व्यक्तिगत निर्णय हो।
“हामीले उहाँलाई विचार राख्न नदिन भनेका होइनौं। उहाँलाई समूहगत छलफलबाट वञ्चित गरिएको छैन। उहाँले वाचन नगरेको मात्रै हो,” गौतमले स्पष्ट पारे।
एमालेको महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने विषयमा आएको विवादबीच पार्टीको यो स्पष्टीकरण आएको हो।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...












