‘कर्ण थापाकाे फरक मत राेकेकाे हाेइन, समूहगत छलफलमा लैजानुस् भनेका हाैं’: राजेन्द्र गाैतम
काठमाडौं । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य कर्ण थापालाई विधान महाधिवेशनमा फरक मत राख्न रोकिएको भन्ने आरोपकाे खण्डन गरेकाे छ ।
पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जारि विधान महाधिवेशनमा थापालाई फरक मत सार्वजनिक गर्न नदिइएको भन्ने दाबी सहि नभएकाे बताएका हुन् ।
गौतमले भने, “उहाँले फरक मत बाँड्नुभएको छ, सबै साथीहरूलाई दिइसक्नुभएको थियो। उहाँले हलबाट समय माग्नुभयो, तर हामीले भन्याै, तपाईँको फरक मत हामीले हेरिसक्यौँ, अब यसलाई समूहगत छलफलमा लैजानुस्। उहाँले पनि यो स्वीकार गर्नुभएको हो।”
गौतमले थापाको फरक मतमाथि छलफल हुनबाट वञ्चित गरिएको भन्ने कुरा असत्य भएको बताए। उनका अनुसार, थापालाई समूहगत छलफलमा सहभागी भएर विचार राख्न भनिएको थियो, तर औपचारिक प्रस्तुतिमा सहभागी नहुनु थापाको व्यक्तिगत निर्णय हो।
“हामीले उहाँलाई विचार राख्न नदिन भनेका होइनौं। उहाँलाई समूहगत छलफलबाट वञ्चित गरिएको छैन। उहाँले वाचन नगरेको मात्रै हो,” गौतमले स्पष्ट पारे।
एमालेको महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने विषयमा आएको विवादबीच पार्टीको यो स्पष्टीकरण आएको हो।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...













