ताजा समाचार

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः विपक्षी दलहरू

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सम्पन्न भएको छ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल कार्यालयमा बसेको उक्त बैठकले सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनमा गरिएको दमनप्रति तीव्र आपत्ति जनाएको छ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले उक्त घटना गणतन्त्रकै कलंक भएको टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरिएको जानकारी दिए।

उक्त आन्दोलनमा १९ जना युवाको मृत्यु भएको र सयौं घाइतेको उपचार भइरहेको बताइएको छ। विपक्षी दलहरूले सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचारविरुद्धको आवाजलाई दबाउन सरकारको कठोर रवैया अस्वीकार्य भएको बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org