अन्तरिम सरकार गठन गर्दा संविधानको हत्या नगर्न सुझाव
काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने बौद्धिक व्यक्तित्व तथा नेताहरुले सुझाव दिएका छन् । नेपालको संविधान २०७२ अनुसार अन्तरिम सरकार गठन गर्नुपर्नेमा उनीहरुको जोड छ ।
जेन जी पुस्ताले गरेको आन्दोलनपछि अन्तरिम सरकार गठन हुन लागेका बेला उक्त विषयमा सचेत गराइएको हो । वर्तमान संविधानको धारा ७५ अनुसार प्रतिनिधिसभाको सदस्यमात्रै प्रधानमन्त्री हुन योग्य हुनेछ । तर ओली नेतृत्वको सरकार जेन जी पुस्ताको आन्दोलनका कारण बर्हिगमनमा परेपछि प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री चयन हुन लागेपछि यसतर्फ सचेत गराउन थालिएको हो ।
नेपालको विद्यमान संविधान जनताका प्रतिनिधिले पारित गर्दै तत्कालीन ’संविधान सभा’ ले बनाएको पहिलो हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको पहिलो महत्वपूर्ण संविधान भएकाले यसको मर्मलाई ख्याल गर्नुपर्ने सर्वसाधारणहरु पनि जोड दिन्छन् । ‘ऐतिहासिक संविधानको हत्या गर्न पाइँदैन’ भन्दै सामाजिक सञ्जालमा नेता, कानुनविद्, पत्रकार, विद्यार्थीलगायतले सुझाएका छन् । जेन जी आन्दोलनका अगुवाहरुले अन्तरिम सरकार गर्दा संविधानको पालना नगर्ने देखिएपछि यसविरुद्ध आवाज उठ्न थालेको हो ।
कांग्रेस र एमालेका नेताहरुले पनि जेन जीको मागलाई संविधानसम्मत रुपमा सम्बोधन गर्न सुझाव दिएका छन् । एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त रूपमा युवा पुस्ताका मागलाई संविधानसम्मत् रुपमा सम्बोधन गर्न आवश्यक पहलका लागि राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले संयुक्त रूपमा भनेका छन, “लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु हुँदैन र समाधानका प्रत्येक प्रयाशले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।”
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै बेथितिको अन्त्यको मार्गचित्र तयार गरियोस्’ भन्ने सुझाव दिएका छन् । उनीहरुले संयुक्तरुपमा विज्ञप्तिमा लेखेका छन्, “विधि विहिनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शुन्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।”
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












