अन्तरिम सरकार गठन गर्दा संविधानको हत्या नगर्न सुझाव
काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने बौद्धिक व्यक्तित्व तथा नेताहरुले सुझाव दिएका छन् । नेपालको संविधान २०७२ अनुसार अन्तरिम सरकार गठन गर्नुपर्नेमा उनीहरुको जोड छ ।
जेन जी पुस्ताले गरेको आन्दोलनपछि अन्तरिम सरकार गठन हुन लागेका बेला उक्त विषयमा सचेत गराइएको हो । वर्तमान संविधानको धारा ७५ अनुसार प्रतिनिधिसभाको सदस्यमात्रै प्रधानमन्त्री हुन योग्य हुनेछ । तर ओली नेतृत्वको सरकार जेन जी पुस्ताको आन्दोलनका कारण बर्हिगमनमा परेपछि प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री चयन हुन लागेपछि यसतर्फ सचेत गराउन थालिएको हो ।
नेपालको विद्यमान संविधान जनताका प्रतिनिधिले पारित गर्दै तत्कालीन ’संविधान सभा’ ले बनाएको पहिलो हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको पहिलो महत्वपूर्ण संविधान भएकाले यसको मर्मलाई ख्याल गर्नुपर्ने सर्वसाधारणहरु पनि जोड दिन्छन् । ‘ऐतिहासिक संविधानको हत्या गर्न पाइँदैन’ भन्दै सामाजिक सञ्जालमा नेता, कानुनविद्, पत्रकार, विद्यार्थीलगायतले सुझाएका छन् । जेन जी आन्दोलनका अगुवाहरुले अन्तरिम सरकार गर्दा संविधानको पालना नगर्ने देखिएपछि यसविरुद्ध आवाज उठ्न थालेको हो ।
कांग्रेस र एमालेका नेताहरुले पनि जेन जीको मागलाई संविधानसम्मत रुपमा सम्बोधन गर्न सुझाव दिएका छन् । एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त रूपमा युवा पुस्ताका मागलाई संविधानसम्मत् रुपमा सम्बोधन गर्न आवश्यक पहलका लागि राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले संयुक्त रूपमा भनेका छन, “लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु हुँदैन र समाधानका प्रत्येक प्रयाशले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।”
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै बेथितिको अन्त्यको मार्गचित्र तयार गरियोस्’ भन्ने सुझाव दिएका छन् । उनीहरुले संयुक्तरुपमा विज्ञप्तिमा लेखेका छन्, “विधि विहिनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शुन्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।”
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












