‘विचलित भएका छैनौं, पर्यटन प्रवर्धनको सपना टुटेको छैन’: चन्द्रागिरी केबलकार
काठमाडौं । भदौ २३ देखि जारी जेन-जी प्रदर्शनका क्रममा पर्यटकीय स्थान चन्द्रागिरीमा पनि ठूलो क्षति भएको छ । आन्दोलनकारीहरुले तोडफोड र आगजनीले केबलकार स्टेशनमा ठूलो क्षति पुर्याएको हो ।
गुणस्तरीय सेवामार्फत् नेपालको पर्यटन प्रवर्द्धनमा आफू विचलित नहुने कम्पनीले जनाएको छ । चन्द्रागिरि केबलकार पब्लिक लिमिटेडको रूपमा लाखौँ नेपाली शेयरधनीहरूको लगानीमा सञ्चालन भइरहेको संस्था हो। नेपाल पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा यसले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै आन्दोलनमा उठाइएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी र समग्र आर्थिक समृद्धिका मुद्दाप्रति आफूहरूको सम्मान रहेको तर आन्दोलनका क्रममा भएका अवाञ्छनीय घटनाले ठूलो नोक्सानी भएको जनाएको छ।
क्षति भए पनि कम्पनीले छिट्टै सेवा पुनः सुरु गर्ने प्रतिवद्धता जनाएको छ। ‘यहाँहरूको साथ र सद्भावले हाम्रो सपना अझै मजबुत बनेको छ, हामी पुनः उठ्ने छौँ,’ कम्पनीले भनेको छ। पर्यटक र दर्शनार्थीलाई परेको असुविधाप्रति क्षमा माग्दै सुरक्षात्मक वातावरण कायम गर्न माग गरेको छ।
विभिन्न ठाउँमा भएका दुःखद घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति चन्द्रागिरि केबलकारले गहिरो दुःख प्रकट गर्दै कम्पनीले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गरेको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












