‘विचलित भएका छैनौं, पर्यटन प्रवर्धनको सपना टुटेको छैन’: चन्द्रागिरी केबलकार
काठमाडौं । भदौ २३ देखि जारी जेन-जी प्रदर्शनका क्रममा पर्यटकीय स्थान चन्द्रागिरीमा पनि ठूलो क्षति भएको छ । आन्दोलनकारीहरुले तोडफोड र आगजनीले केबलकार स्टेशनमा ठूलो क्षति पुर्याएको हो ।
गुणस्तरीय सेवामार्फत् नेपालको पर्यटन प्रवर्द्धनमा आफू विचलित नहुने कम्पनीले जनाएको छ । चन्द्रागिरि केबलकार पब्लिक लिमिटेडको रूपमा लाखौँ नेपाली शेयरधनीहरूको लगानीमा सञ्चालन भइरहेको संस्था हो। नेपाल पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा यसले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै आन्दोलनमा उठाइएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी र समग्र आर्थिक समृद्धिका मुद्दाप्रति आफूहरूको सम्मान रहेको तर आन्दोलनका क्रममा भएका अवाञ्छनीय घटनाले ठूलो नोक्सानी भएको जनाएको छ।
क्षति भए पनि कम्पनीले छिट्टै सेवा पुनः सुरु गर्ने प्रतिवद्धता जनाएको छ। ‘यहाँहरूको साथ र सद्भावले हाम्रो सपना अझै मजबुत बनेको छ, हामी पुनः उठ्ने छौँ,’ कम्पनीले भनेको छ। पर्यटक र दर्शनार्थीलाई परेको असुविधाप्रति क्षमा माग्दै सुरक्षात्मक वातावरण कायम गर्न माग गरेको छ।
विभिन्न ठाउँमा भएका दुःखद घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति चन्द्रागिरि केबलकारले गहिरो दुःख प्रकट गर्दै कम्पनीले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गरेको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











