ताजा समाचार

वेस्ट इन्डिजविरुद्ध खेल्ने टिमको घोषणा, राष्ट्रिय टोलीमा आदिलको पुनरागमन !

काठमाडाैं । वेस्ट इन्डिजविरुद्धको ट्वान्टी ट्वान्टी सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार १६ सदस्यीय टिम घोषणा गरेको छ । नेपालले सेप्टेम्बर २७, २९ र ३० मा वेस्ट इन्डिजविरुद्ध सारजहामा तीन ट्वान्टी ट्वान्टी खेल्नेछ ।

रोहित पौडेलको कप्तानीमा घोषित टिममा दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बाम, कुशल मल्ल र मोहम्मद आदिल छन् ।

यस्तै अन्य सदस्यमा आरिफ सेख, सन्दीप जोरा, करण केसी, कन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र साहब आलम रहेका छन् ।

लामो समयपछि आदिलको राष्ट्रिय टोलीमा पुनरागमन भएको छ । म्याच फिक्सिङको आरोप लागेपछि उनी राष्ट्रिय टोलीबाट बाहिर थिए । अदालतले उनलाई सफाइ दिए पनि टोलीमा समावेश हुन पाएका थिएनन् ।

भारतको आसाम टिमसँगको खेलमा नेपाल ‘ए’मा अटाएर राम्रो प्रदर्शन देखाएका आदिल यसपटक वेस्टइन्डिजसँगको शृंखलाका लागि अटाएका हुन् । आगामी एनपीएल दोस्रो संस्करणमा आदिल काठमाडौं गोर्खाजमा आवद्ध छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org