चीनबाट भित्रिए ५५ वटा कन्टेनर, कोरला नाकामा बढ्यो चहलपहल !
काठमाडौं । उपल्लो मुस्ताङवासीका घरायसी र व्यावसायिक प्रयोजनका लागि सामान ढुवानीमा सीमित रहेको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकामा अहिले व्यापारीको भिडभाड छ ।
दैनिकजसो चीनको (नेचुङ–लिजी) बजारबाट धमाधम विद्युतीय गाडी र लत्ताकपडासहित तयारी सामान बोकेका कन्टेनर नेपाल भित्रिएका छन् ।
बाढीपहिरोका कारण चीनलाई जोड्ने प्रमुख व्यापारिक रसुवा र तातोपानी नाका पूर्णरुपमा ठप्प भएपछि वैकल्पिक मार्गको रुपमा उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला नाका प्रयोग गरिएपछि हालसम्म बीवाइडीसहित १ सय ५१ विद्युतीय गाडी र ५५ वटा कन्टेनर आएको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनुभयो।
प्रमुख खड्काले भन्नुभयो, भन्सार कार्यालय सहज हुँदा नेपाली वस्तु पनि तिब्वततर्फ निर्यात हुने रहेछ, उताबाट दैनिकजसो ठूला कन्टेनर भित्रिएका छन् । नेपालबाट मुढा, मूर्ति, नेपाली ब्राण्डका ज्याकेटसहित घरायसी साम्रगी दुई ट्रक निर्यात भएको छ भने नेचुङबाट आएको चप्पल, लत्ताकपडासहितको दुई गाडी भन्सारबाट चेकजाँच गरिएको प्रमुख खड्काले बताउनुभयो ।
कोरला नाका १४ किलोमिटर दूरीमा रहेको भन्सार कार्यालयको बाहिरी क्षेत्रमा सवारी साधनसहितका सामानले भरिएको छ । विद्युतीय गाडी दसैँ अगाडी करिब ५ सय वटा भित्रिने जानकारी आएको भन्सार कार्यालयले जनाएको छ । यो सिजनमा नाकाबाट चिनियाँ भेडाच्याङ्ग्रासमेत भित्रिन्छ ।
रसुवा नाका गत असार २४ देखि बन्द छ भने कोदारी क्षेत्रको सडक पहिरोका कारण तातोपानी नाका बिग्रिएको अवस्थामा तत्काल नाका सञ्चालनमा आउने सम्भावना न्यून भएपछि नेपाली व्यापारीले कन्टेनरचीनको सिगात्से प्रान्तको झोम्वासेन हुदै नेचुङ–लिजी भन्सार कार्यालयमा ल्याउन थालेपछि उपल्लो मुस्ताङवासी उत्साहित भएका छन् ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरूङले उत्तरी चीनसँग सिमाना जोडिएको भन्सार कार्यालयलाई चुस्त र सशक्त बनाउन सकेमा व्यावसायिक रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने पुष्टि भएको बताउनुभयो । अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘अब वैकल्पिक होइन नियमित सञ्चालनका हुनुपर्छ, कोरलालाई चिनियाँले नियमित सञ्चालनमा चासो देखाएका छन्, अब अपुरो पूर्वाधार र जनशक्तिलाई प्राथमिकता दिनुपर्छ ।’’
वि।स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन गरी खुल्ला गरिएको नाकाबाट हुने व्यापार मुस्ताङमा मात्रै सीमित थियो । गत आर्थिक वर्ष २०८१(०८२ मा ४ हजारभन्दा बढी मुस्ताङीले सामान ढुवानी गर्न प्रवेश पास लिएका थिए । समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो।
नाकालाई सहज बनाउन विद्युतीय चार्जिङ स्टेशन, ठूला कन्टेरनबाट ढुवानी गर्न मिल्ने गरी गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकलाई सहज बनाउन आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ । नाकाबाट सामान ढुवानी हुन थालेपछि धौलागिरी क्षेत्रका साथै गण्डकी प्रदेश सरकारले समेत निकै चासो देखाएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












