चीनबाट भित्रिए ५५ वटा कन्टेनर, कोरला नाकामा बढ्यो चहलपहल !
काठमाडौं । उपल्लो मुस्ताङवासीका घरायसी र व्यावसायिक प्रयोजनका लागि सामान ढुवानीमा सीमित रहेको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकामा अहिले व्यापारीको भिडभाड छ ।
दैनिकजसो चीनको (नेचुङ–लिजी) बजारबाट धमाधम विद्युतीय गाडी र लत्ताकपडासहित तयारी सामान बोकेका कन्टेनर नेपाल भित्रिएका छन् ।
बाढीपहिरोका कारण चीनलाई जोड्ने प्रमुख व्यापारिक रसुवा र तातोपानी नाका पूर्णरुपमा ठप्प भएपछि वैकल्पिक मार्गको रुपमा उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला नाका प्रयोग गरिएपछि हालसम्म बीवाइडीसहित १ सय ५१ विद्युतीय गाडी र ५५ वटा कन्टेनर आएको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनुभयो।
प्रमुख खड्काले भन्नुभयो, भन्सार कार्यालय सहज हुँदा नेपाली वस्तु पनि तिब्वततर्फ निर्यात हुने रहेछ, उताबाट दैनिकजसो ठूला कन्टेनर भित्रिएका छन् । नेपालबाट मुढा, मूर्ति, नेपाली ब्राण्डका ज्याकेटसहित घरायसी साम्रगी दुई ट्रक निर्यात भएको छ भने नेचुङबाट आएको चप्पल, लत्ताकपडासहितको दुई गाडी भन्सारबाट चेकजाँच गरिएको प्रमुख खड्काले बताउनुभयो ।
कोरला नाका १४ किलोमिटर दूरीमा रहेको भन्सार कार्यालयको बाहिरी क्षेत्रमा सवारी साधनसहितका सामानले भरिएको छ । विद्युतीय गाडी दसैँ अगाडी करिब ५ सय वटा भित्रिने जानकारी आएको भन्सार कार्यालयले जनाएको छ । यो सिजनमा नाकाबाट चिनियाँ भेडाच्याङ्ग्रासमेत भित्रिन्छ ।
रसुवा नाका गत असार २४ देखि बन्द छ भने कोदारी क्षेत्रको सडक पहिरोका कारण तातोपानी नाका बिग्रिएको अवस्थामा तत्काल नाका सञ्चालनमा आउने सम्भावना न्यून भएपछि नेपाली व्यापारीले कन्टेनरचीनको सिगात्से प्रान्तको झोम्वासेन हुदै नेचुङ–लिजी भन्सार कार्यालयमा ल्याउन थालेपछि उपल्लो मुस्ताङवासी उत्साहित भएका छन् ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरूङले उत्तरी चीनसँग सिमाना जोडिएको भन्सार कार्यालयलाई चुस्त र सशक्त बनाउन सकेमा व्यावसायिक रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने पुष्टि भएको बताउनुभयो । अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘अब वैकल्पिक होइन नियमित सञ्चालनका हुनुपर्छ, कोरलालाई चिनियाँले नियमित सञ्चालनमा चासो देखाएका छन्, अब अपुरो पूर्वाधार र जनशक्तिलाई प्राथमिकता दिनुपर्छ ।’’
वि।स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन गरी खुल्ला गरिएको नाकाबाट हुने व्यापार मुस्ताङमा मात्रै सीमित थियो । गत आर्थिक वर्ष २०८१(०८२ मा ४ हजारभन्दा बढी मुस्ताङीले सामान ढुवानी गर्न प्रवेश पास लिएका थिए । समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो।
नाकालाई सहज बनाउन विद्युतीय चार्जिङ स्टेशन, ठूला कन्टेरनबाट ढुवानी गर्न मिल्ने गरी गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकलाई सहज बनाउन आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ । नाकाबाट सामान ढुवानी हुन थालेपछि धौलागिरी क्षेत्रका साथै गण्डकी प्रदेश सरकारले समेत निकै चासो देखाएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











