४६१ घाइतेको सिभिल अस्पतालले गर्यो उपचार, निर्देशक रेग्मीले भने– सबै जनशक्ति अहोरात्र उपचारमा छन्
"अस्पतालको पूरै जनशक्ति लगाएर उपचार"
काठमाडौं । काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) ले जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरुको प्रभावकारी उपचार सेवा प्रदान गरिहेको छ । यही भदौ २४ गते र २४ गते भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुको दक्ष चिकित्सक खटाएर प्रभावकारी उपचार सेवा दिन उक्त अस्पताल सफल भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले न्यूज नेपालसँग कुराकानी गर्दै भने, “हामीले आकस्मिक कक्षमा अस्पतालको पूरै जनशक्ति लगाएर उपचार गरेका छौँ ।” जेन जी प्रदर्शनका क्रममा भएका घाइते, बिरामीलगायतलाई राम्रो उपचार गर्न कसरी सम्भव भयो भन्ने जिज्ञासामा निर्देशक रेग्मी भन्छन्, “यो सब अस्पतालभित्रको टिमवर्कका कारण सम्भव भएको हो । सबै अहोरात्र खटिएर काम गरेकाले सम्भव भएको हो । स्वास्थ्य मन्त्रालयलगायत साथीभाइहरु, अन्य अस्पतालहरु सबैले सर्पोट गरेका छन् । एक्लै त कहाँ सम्भव हुन्छ र ?”
भदौ २३ गतेदेखि ३१ गते साँझ ५ बजेसम्म ४६१ जना घाइतेहरु उपचारका लागि आएको अस्पतालले जनाएको छ । उक्त अस्पतालबाट ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ । सामान्य उपचारपछि डिस्चार्ज गरिएका घाइतेहरुको संख्या ३६६ छ । अस्पतालमा आएकामध्ये ५१ जना उपचारका लागि भर्ना भएका थिए ।
उपचारका लागि भर्ना भएकाहरुमध्ये ४८ जना डिस्चार्ज भएका छन् । हाल उक्त अस्पतालमा तीन जनाले भर्ना भएर उपचार सेवा लिइरहेका छन् । भर्ना भएका मध्ये ५० जनाको शल्यक्रिया गरेको छ । पुनः शल्यक्रिया ११ जनाको गरिएको छ । उपचारका क्रममा ६ जना घाइतेको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
उपचारका क्रममा अस्पतालमा के भएको भए घाइतेहरुलाई अझ राम्रो उपचार दिन सकिन्थ्यो भन्ने जिज्ञासामा अस्पतालका निर्देशक रेग्मीले बाटो चौडा भएपनि एक्बुलेन्सलाई आउनजान समस्या भएको जनाए । घाइते तथा अन्य बिरामीलाई ल्याउन-लैजान कठीन भएकाले कतिपयको बाटैमा ज्यान गएको रेग्मीले जनाए । मेडिकल सप्लाइका क्रममा अनि अस्पतालका औषधिहरु लिन जाँदा एम्बुलेन्स तोडफोड, स्वास्थ्यकर्मीमाथि हातपातलगायत भएको रेग्मीले गुनासो गरे ।
जेनजीको दोस्रो दिनको आन्दोलनका क्रममा वरिपरिको आगलागीका कारण समस्या भएपछि अस्पताल परिसरको पार्किङलाई हेलिप्याडमा कन्भर्ट गरियो । तर एयर स्पेस क्लोज छ भन्ने सूचनाका कारण त्यो सम्भव भएन । जस्तोसुकै द्वन्द्व भएपनि मेडिकल सप्लाइ सुचारु गर्न पाए अझ राम्रो हुन्थ्यो भन्ने अस्पताल प्रशासनको भनाइ छ । नयाँ बानेश्वर केन्द्रित प्रदर्शनका क्रममा घाइते भएकाहरु अस्पताल नजिक भएकाले र राम्रो उपचार सेवा पनि हुने भएकाले धेरै संख्यामा आएका निर्देशक रेग्मीले जनाए ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












