४६१ घाइतेको सिभिल अस्पतालले गर्यो उपचार, निर्देशक रेग्मीले भने– सबै जनशक्ति अहोरात्र उपचारमा छन्
"अस्पतालको पूरै जनशक्ति लगाएर उपचार"
काठमाडौं । काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) ले जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरुको प्रभावकारी उपचार सेवा प्रदान गरिहेको छ । यही भदौ २४ गते र २४ गते भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुको दक्ष चिकित्सक खटाएर प्रभावकारी उपचार सेवा दिन उक्त अस्पताल सफल भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले न्यूज नेपालसँग कुराकानी गर्दै भने, “हामीले आकस्मिक कक्षमा अस्पतालको पूरै जनशक्ति लगाएर उपचार गरेका छौँ ।” जेन जी प्रदर्शनका क्रममा भएका घाइते, बिरामीलगायतलाई राम्रो उपचार गर्न कसरी सम्भव भयो भन्ने जिज्ञासामा निर्देशक रेग्मी भन्छन्, “यो सब अस्पतालभित्रको टिमवर्कका कारण सम्भव भएको हो । सबै अहोरात्र खटिएर काम गरेकाले सम्भव भएको हो । स्वास्थ्य मन्त्रालयलगायत साथीभाइहरु, अन्य अस्पतालहरु सबैले सर्पोट गरेका छन् । एक्लै त कहाँ सम्भव हुन्छ र ?”
भदौ २३ गतेदेखि ३१ गते साँझ ५ बजेसम्म ४६१ जना घाइतेहरु उपचारका लागि आएको अस्पतालले जनाएको छ । उक्त अस्पतालबाट ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ । सामान्य उपचारपछि डिस्चार्ज गरिएका घाइतेहरुको संख्या ३६६ छ । अस्पतालमा आएकामध्ये ५१ जना उपचारका लागि भर्ना भएका थिए ।
उपचारका लागि भर्ना भएकाहरुमध्ये ४८ जना डिस्चार्ज भएका छन् । हाल उक्त अस्पतालमा तीन जनाले भर्ना भएर उपचार सेवा लिइरहेका छन् । भर्ना भएका मध्ये ५० जनाको शल्यक्रिया गरेको छ । पुनः शल्यक्रिया ११ जनाको गरिएको छ । उपचारका क्रममा ६ जना घाइतेको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
उपचारका क्रममा अस्पतालमा के भएको भए घाइतेहरुलाई अझ राम्रो उपचार दिन सकिन्थ्यो भन्ने जिज्ञासामा अस्पतालका निर्देशक रेग्मीले बाटो चौडा भएपनि एक्बुलेन्सलाई आउनजान समस्या भएको जनाए । घाइते तथा अन्य बिरामीलाई ल्याउन-लैजान कठीन भएकाले कतिपयको बाटैमा ज्यान गएको रेग्मीले जनाए । मेडिकल सप्लाइका क्रममा अनि अस्पतालका औषधिहरु लिन जाँदा एम्बुलेन्स तोडफोड, स्वास्थ्यकर्मीमाथि हातपातलगायत भएको रेग्मीले गुनासो गरे ।
जेनजीको दोस्रो दिनको आन्दोलनका क्रममा वरिपरिको आगलागीका कारण समस्या भएपछि अस्पताल परिसरको पार्किङलाई हेलिप्याडमा कन्भर्ट गरियो । तर एयर स्पेस क्लोज छ भन्ने सूचनाका कारण त्यो सम्भव भएन । जस्तोसुकै द्वन्द्व भएपनि मेडिकल सप्लाइ सुचारु गर्न पाए अझ राम्रो हुन्थ्यो भन्ने अस्पताल प्रशासनको भनाइ छ । नयाँ बानेश्वर केन्द्रित प्रदर्शनका क्रममा घाइते भएकाहरु अस्पताल नजिक भएकाले र राम्रो उपचार सेवा पनि हुने भएकाले धेरै संख्यामा आएका निर्देशक रेग्मीले जनाए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











