ताजा समाचार

‘यूएई जाने खेलाडीको लागि भिजाको पहल भइरहेको छ’: क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यूएईमा हुने नेपाल र वेष्टइन्डिजबीचको खेलका लागि आईसीसीमार्फत भिसाको पहल गरेको जनाएको छ।

क्यानले यूएई क्रिकेट संघ र आईसीसीको पहलमा पूर्वनिर्धारित सिरिजका लागि खेलाडीको भिसाका लागि पहल गरिरहेको जानकारी दिएको हो।

क्यानका प्रवक्ता छुम्बी लामाले भिसा आउनेमा क्यान ढुक्क रहेको बताए। उनले भने, ‘यो कार्यक्रम पूर्वनिर्धारित हो। जसका कारण भिसाको लागि यूएई क्रिकेट संघ र आईसीसीले पहल गरिरहेको छ। भिसा आउनेमा हामी ढुक्क छौं।’

त्यस्तै उनले भने,‘भिसा आउनेबित्तिकै टिम उड्नेछ।’ आज यूएईमा सार्वजनिक बिदा भएका कारण पनि भिसा साँझ वा भोलिसम्ममा आउने क्यानको भनाइ छ।

गत भदौ २३ र २४ गते जेन्जी प्रदर्शनका क्रममा जेलमा रहेका कैदीबन्दीहरु फरार भएपछि यूएईले नेपालको भिजिट भिसा र कामदार भिसा रोकेको थियो। त्यसैको प्रभावस्वरुप नेपाली क्रिकेट टिम शुक्रबार बिहान यूएई प्रस्थान गर्ने तालिका अनिश्चित बनेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org