‘यूएई जाने खेलाडीको लागि भिजाको पहल भइरहेको छ’: क्यान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यूएईमा हुने नेपाल र वेष्टइन्डिजबीचको खेलका लागि आईसीसीमार्फत भिसाको पहल गरेको जनाएको छ।
क्यानले यूएई क्रिकेट संघ र आईसीसीको पहलमा पूर्वनिर्धारित सिरिजका लागि खेलाडीको भिसाका लागि पहल गरिरहेको जानकारी दिएको हो।
क्यानका प्रवक्ता छुम्बी लामाले भिसा आउनेमा क्यान ढुक्क रहेको बताए। उनले भने, ‘यो कार्यक्रम पूर्वनिर्धारित हो। जसका कारण भिसाको लागि यूएई क्रिकेट संघ र आईसीसीले पहल गरिरहेको छ। भिसा आउनेमा हामी ढुक्क छौं।’
त्यस्तै उनले भने,‘भिसा आउनेबित्तिकै टिम उड्नेछ।’ आज यूएईमा सार्वजनिक बिदा भएका कारण पनि भिसा साँझ वा भोलिसम्ममा आउने क्यानको भनाइ छ।
गत भदौ २३ र २४ गते जेन्जी प्रदर्शनका क्रममा जेलमा रहेका कैदीबन्दीहरु फरार भएपछि यूएईले नेपालको भिजिट भिसा र कामदार भिसा रोकेको थियो। त्यसैको प्रभावस्वरुप नेपाली क्रिकेट टिम शुक्रबार बिहान यूएई प्रस्थान गर्ने तालिका अनिश्चित बनेको हो।
Comments
अरु समाचार
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
नेपाली महिला टाेली सेमिफाईनल प्रवेश !
काठमाडाैं । अमेरिकालाई १० विकेटले पराजित गर्दै नेपाल ब्लाईण्ड महिला टी-२० विश्वकप क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । भारत र...
-
एनपीएल दोस्रो सिजनको पहिलो खेलका सबै टिकटहरू ‘सोल्ड आउट’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट...
-
अविनाश बोहराकाे समर्थकहरू माझ अनाैठाे आग्रह !
काठमाडौं । मंसिर १ गते सोमबारबाट काठमाडौंको त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने दोस्रो संकरणको नेपाल प्रिमियर लिगको ब्यग्र प्रतिक्षामा...
-
दोस्रो संस्करणको एनपिएल बन्दैछ ऐतिहासीक, ‘सबै तयारी पूरा भयाे’ : क्यान
काठमाडौं । भोली मंसिर १ गते सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको क्यानले...
-
एनपिएल खेल्न नेपाल आइपुगे न्युजिल्यान्डका ‘गप्टिल’
काठमाडौं । न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आईपुगेका छन् । यस सिजनमा...
-
च्याम्पियन्स लिग: म्यानचेस्टरसँग पिएसजी २–१ गोल अन्तरले पराजित
काठमाडौं । महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले पिएसजीलाई २–१ गोल अन्तरले पराजित...
-
यस्तो छ एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...












