ताजा समाचार

प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने एक जना पक्राउ !

काठमाडौं । जेनजी प्रदर्शनमा भदौ २४ गते कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं बस्ने सचिन खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। उनले कालिमाटी प्रहरी वृत्तमा आगजनी तथा तोडफोड गरेको आरोप छ।

भदौ २४ गते भएको प्रदर्शनमा काठमाडौंका अधिकांस प्रहरी वृत्तमा आगजनी तथा तोडफोड भएका छन्। अहिले ती प्रहरी वृत्तमा मुद्दाको कारबाही अघि बढाएको छैन। यद्यपि प्रहरी परिसरबाटै अनुसन्धान अघि बढाइएको छ।

ललितपुरमा पनि भदौ २४ गतेको घटनामा संलग्न १३ जनालाई नियन्त्रणमा लिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org