दसैँसम्म नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने तयारी स्वरूप परीक्षण गरिँदै !
काठमाडाैं । दसैँसम्म नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने तयारी भइरहेको छ। हाल सुरुङमार्ग परीक्षण चरणमै रहेको सुरुङ आयोजनाले जानकारी दिएको छ।
आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार आज बलम्बुस्थित सुरुङअगाडिको फ्लाइओभर परीक्षण सुरु भएको छ, जसलाई ४८ घण्टाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ। उनले भने, “मुख्य सुरुङको परीक्षण सकिएको छ। अहिले फ्लाइओभरको परीक्षण भइरहेको छ, शनिबारसम्म सकिनेछ।”
पन्थीका अनुसार दसैँमा सुरुङमार्ग खोल्ने तयारी भए पनि परीक्षण अझै जारी भएकाले कहिलेबाट सवारी चलाउन दिने भन्नेबारे टुङ्गो लागेको छैन। सुरुङको पश्चिमी पोर्टलमा केही समस्या देखिएको र समाधानका लागि काम भइरहेको पनि उनले जानकारी दिए।
यसअघि गत शनिबार यातायात व्यवसायीहरूसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दसैँमा सुरुङ सञ्चालन गर्ने निर्देशन दिएका थिए। सुरुङ सञ्चालनका विषयमा सरकार र निर्माण कम्पनीबीच छलफल पनि भइरहेको छ।
दसैँमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारी साधनका लागि मात्र यो सुरुङ निःशुल्क सञ्चालनमा ल्याइने जनाइएको छ।
Comments
अरु समाचार
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...
-
‘सर्वे भवन्तु सुखिन:’- प्रधानमन्त्री शाहले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना...
-
आजदेखि नयाँ वर्ष २०८३ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । आजदेखि नयाँ वर्ष २०८३ साल सुरु भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा...
-
निगमकाे स्पष्टाेक्ति : १५ दिनमा सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा
काठमाडाैं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा घाटा व्यहोर्नु परिरहेको जनाएको छ ।पछिल्लो समय...
-
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
आजदेखि ‘शून्य बाँकी फाइल अभियान सुरु हुँदै
काठमाडौं । सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति...
-
प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको सम्पत्ति कति ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण...












