सन्दीपले घुर्की देखाएपछि परे कारबाहीमा, वेष्ट इन्डिजविरुद्ध नखेल्नुको कारण खुल्यो
काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेमाथि क्यानले कारबाही गरेको खुलासा भएको छ ।
युएईमा भएको टेष्ट राष्ट्र वेस्ट इन्डिजबीचको सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेटअघि नखेल्ने निर्णय गरेको भन्दै सन्दीपले निर्णय सुनाएपछि क्यानले कारबाही गरेको खुलेको हो ।
क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीपले किन खेलेनन भन्ने विषयमा प्रष्ट पारेका हुन् । सेप्टेम्बर २७ देखि ३० सम्म सञ्चालन भएको नेपाल र टेष्ट राष्ट्र वेस्ट इन्डिजबीचको सिरिजको उपाधि नै नेपालले जितेको थियो ।
सन्दीपको अप्रत्याशित निर्णयले टिम म्यानेजमेन्ट, खेलाडीहरू र सम्पूर्ण नेपाली क्रिकेटमा गम्भीर असर परेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। टिम म्यानेजमेन्टको सिफारिसअनुसार सन्दीप लामिछानेलाई सिरिजको बाँकी खेलहरूका साथै सम्पूर्ण सिरिज अवधिभरका लागि निलम्बन गरिएको छ।
सन्दीप लामिछानेको निलम्बनसँगै नेपाली टिमले प्रतियोगितामा ध्यान केन्द्रित गरिरहेको छ। आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा आयोजना हुने ICC Men’s T20 World Cup Asia/EAP Final प्रतियोगिता नेपाली टिमको अर्को ठूलो लक्ष्य हो। प्रतियोगितामा विजयी भई सन् २०२६ मा हुने टी-२० विश्वकपमा स्थान बनाउने उद्देश्यसहित नेपाली टिम आजै युएईबाट ओमान प्रस्थान गरिसकेको छ।
१६ सदस्यीय नेपाली टिमले ओमानको चुनौतीपूर्ण परिस्थितिमा देशको झण्डा गौरवका साथ फहराउने अपेक्षा गरिएको छ। संघले विश्वकपको ढोका खोल्ने यस निर्णायक अभियानमा सबैको साथ र समर्थन अपरिहार्य रहेको पनि स्पष्ट पारेको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












