सन्दीपले घुर्की देखाएपछि परे कारबाहीमा, वेष्ट इन्डिजविरुद्ध नखेल्नुको कारण खुल्यो
काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेमाथि क्यानले कारबाही गरेको खुलासा भएको छ ।
युएईमा भएको टेष्ट राष्ट्र वेस्ट इन्डिजबीचको सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेटअघि नखेल्ने निर्णय गरेको भन्दै सन्दीपले निर्णय सुनाएपछि क्यानले कारबाही गरेको खुलेको हो ।
क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीपले किन खेलेनन भन्ने विषयमा प्रष्ट पारेका हुन् । सेप्टेम्बर २७ देखि ३० सम्म सञ्चालन भएको नेपाल र टेष्ट राष्ट्र वेस्ट इन्डिजबीचको सिरिजको उपाधि नै नेपालले जितेको थियो ।
सन्दीपको अप्रत्याशित निर्णयले टिम म्यानेजमेन्ट, खेलाडीहरू र सम्पूर्ण नेपाली क्रिकेटमा गम्भीर असर परेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। टिम म्यानेजमेन्टको सिफारिसअनुसार सन्दीप लामिछानेलाई सिरिजको बाँकी खेलहरूका साथै सम्पूर्ण सिरिज अवधिभरका लागि निलम्बन गरिएको छ।
सन्दीप लामिछानेको निलम्बनसँगै नेपाली टिमले प्रतियोगितामा ध्यान केन्द्रित गरिरहेको छ। आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा आयोजना हुने ICC Men’s T20 World Cup Asia/EAP Final प्रतियोगिता नेपाली टिमको अर्को ठूलो लक्ष्य हो। प्रतियोगितामा विजयी भई सन् २०२६ मा हुने टी-२० विश्वकपमा स्थान बनाउने उद्देश्यसहित नेपाली टिम आजै युएईबाट ओमान प्रस्थान गरिसकेको छ।
१६ सदस्यीय नेपाली टिमले ओमानको चुनौतीपूर्ण परिस्थितिमा देशको झण्डा गौरवका साथ फहराउने अपेक्षा गरिएको छ। संघले विश्वकपको ढोका खोल्ने यस निर्णायक अभियानमा सबैको साथ र समर्थन अपरिहार्य रहेको पनि स्पष्ट पारेको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











