ताजा समाचार

नेपालसँग पहिलाे वार्म अप खेलमा हार्याे ओमान !

काठमाडौं ।आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको वार्म अप खेलमा नेपाली क्रिकेट टोलीले ओमानलाई सहजै पराजित गरेको छ ।

गएराति भएको खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको १११ रनको लक्ष्य नेपालले १७ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै जित निकाल्न सफल भएकाे हाे।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले २५ रन बनाए । कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्ल १० रनमा अविजित रहे । ओमानका आमेर कलिमले २ विकेट तथा फेसल शाहले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो । ओमानका लागि आर्यन विष्टले सर्वाधिक २३ रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा १० रन दिएर ३ विकेट लिए ।त्यस्तै, सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ तथा नन्दन यादव र कुशल मल्लले १-१ विकेट लिए ।

नेपालले दाेस्राे वार्मअप खेलमा कतारसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org