ताजा समाचार

विपद् र जनधनको क्षतिप्रति प्रधानमन्त्री कार्की दुःखित !

काठमाडौं । अन्तरीम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामलगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेकी हुन् । उनले राहत र उद्धारमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गरेकी छन्।

“विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै प्रभावित क्षेत्रमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु”, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org