जेनजीलाई उचालेर अख्तियारका पदाधिकारी हटाउन चलखेल ?
काठमाडौं । भ्रष्ट, विवादास्पद र बदनाम निजामती सेवा,सुरक्षा निकायका केही कर्मचारी र कानुन व्यवसायीहरूले प्रायोजित रूपमा जेनजीका युवाहरूलाई परिचालन गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई गैरसंवैधानिक ढंगले हटाउन चलखेल र षडयन्त्र गरिरहेका छन।
उनीहरूले जेनजी मोमेन्ट एलाइन्सका केही युवाहरू अजित खनाल उर्जा, रिजन राना मगर, पेमा बाङ्बो लामा र मोनिका लगायतलाई उपयोग गरि अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अन्य आयुक्तको राजिनामा माग्दै आज असोज २१ गते बिहान अख्तियारमा निवेदन दर्ता गराएका छन।
अख्तियारमा एल १६४०२ नंम्बरको निवेदनमा संवैधानिक परिषदबाट सिफारिस भई कानुन बमोजिम नियुक्त भएका पदाधिकारीहरूलाई जबर्जस्ती राजिनामा दिन भनिएको छ।
संविधान र कानुन अनुसार सिफारिसभई नियुक्त भएका आयोगका पदाधिकारीहरूको राजिनामा माग्न पाइदैन । अझ उनीहरूको नियुक्तिलाई सर्वोच्च अदालतले समेत वैद्य भनी फैसला गरिसकेको अवस्थामा राजिनामा माग्नु संविधान सम्मत हुँदैन।
संविधान र कानुन बमोजिम भ्रष्टाचार नियन्त्रण र रोकथामका लागि सकृय भैरहेको निकायका पदाधिकारीहरूको राजिनामा माग्नुमा केही भ्रष्ट, बदनाम र विवादास्पद छवीका कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरूको त्यहाँ नियुक्ति खाने मनसायले यस्तो माग गर्न लगाइएको बुझिएको छ।
विश्वभर भएका सत्तापलटका आन्दोलनपछि विद्यमान राष्ट्र प्रमुख, प्रधानमन्त्री, मन्त्री, सरकार र संसद विघटन हुने गरेका छन। निजामती कर्मचारी र संवैधानिक आयोगका पदाधिकारीहरूलाई कारवाही गरेको वा हटाएको ईतिहास पाइदैन। श्रीलंका र बंगलादेशमा पनि त्यस्तै भएको थियो। तर नेपालमा भने जेनजी आन्दोलनले नमागेको माग उचालेर अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अन्य आयुक्तहरूको एकाएक राजिनामा मागिएको छ।
उनीहरूलाई राजिनामा माग्न बाध्य पारेर आफुहरूको नाम सिफारिस गर्ने र विना प्रमाण जथाभावी छानवीन अनुसन्धानगरि बदलाभाव राखेर कारवाही गर्ने मनसाय रहेको स्रोतले बताएको छ। यस कार्यमा केही सचिव, पुर्व सचिव र पुर्व सुरक्षा निकायका उच्च अधिकारीहरू लागेको समाचार स्रोतले बताएको छ।
जेनजी आन्दोलनका युवाहरूलाई समेत प्रायोजित रूपमा अगाडि सारी गैरसंवैधानिक र गैर कानुनी राजिनामा माग गरिएकोमा वास्तविक जेनजीका युवा,संविधान विद,कानुनविद,बौद्विक व्याक्तित्व र राजनीतिक पर्यवेक्षणहरूले गैरसंवैधानिक र गैरकानुनी भनी टिप्पणी गर्दै आएका छन।
अख्तियारले कानुन सम्मत रूपमा भ्रष्टाचार गर्ने कर्मचारी,सांसद,मन्त्री,पुर्व मन्त्री र सरकारी कर्मचारी तथा पदाधिकारीहरू माथि भ्रष्टाचार र अकुत सम्पत्तिका उजुरीहरूमा कानुन सम्मत रूपमा छानवीन र अनुसन्धानगरि प्राप्त प्रमाणका आधारमा दोषी देखिएको अवस्थामा विशेष अदालतमा मुद्दा दर्ता गरिरहेको अवस्थामा कसैलाई बदलाको भावना राखि सडकको मागकै आधारमा पुर्वाग्रही रूपमा भ्रष्टाचारको मुद्दा चलाउनु उपयुक्त हुँदैन।
आयोगमा जो प्रमुख आयुक्त र आयुक्त भएपनि त्यसरी काम गर्दैनन। अहिले अख्तियारका पदाधिकारीहरूको राजिनामा माग्नुको पछाडि रिक्त पदमा आफू नियुक्ति हुन केही भ्रष्ट आचरण,बदनाम र विवादास्पद छविका पुर्व सचिव र सचिवहरू लागेको प्रष्ट भएको छ।

Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...











