जेनजीलाई उचालेर अख्तियारका पदाधिकारी हटाउन चलखेल ?
काठमाडौं । भ्रष्ट, विवादास्पद र बदनाम निजामती सेवा,सुरक्षा निकायका केही कर्मचारी र कानुन व्यवसायीहरूले प्रायोजित रूपमा जेनजीका युवाहरूलाई परिचालन गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई गैरसंवैधानिक ढंगले हटाउन चलखेल र षडयन्त्र गरिरहेका छन।
उनीहरूले जेनजी मोमेन्ट एलाइन्सका केही युवाहरू अजित खनाल उर्जा, रिजन राना मगर, पेमा बाङ्बो लामा र मोनिका लगायतलाई उपयोग गरि अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अन्य आयुक्तको राजिनामा माग्दै आज असोज २१ गते बिहान अख्तियारमा निवेदन दर्ता गराएका छन।
अख्तियारमा एल १६४०२ नंम्बरको निवेदनमा संवैधानिक परिषदबाट सिफारिस भई कानुन बमोजिम नियुक्त भएका पदाधिकारीहरूलाई जबर्जस्ती राजिनामा दिन भनिएको छ।
संविधान र कानुन अनुसार सिफारिसभई नियुक्त भएका आयोगका पदाधिकारीहरूको राजिनामा माग्न पाइदैन । अझ उनीहरूको नियुक्तिलाई सर्वोच्च अदालतले समेत वैद्य भनी फैसला गरिसकेको अवस्थामा राजिनामा माग्नु संविधान सम्मत हुँदैन।
संविधान र कानुन बमोजिम भ्रष्टाचार नियन्त्रण र रोकथामका लागि सकृय भैरहेको निकायका पदाधिकारीहरूको राजिनामा माग्नुमा केही भ्रष्ट, बदनाम र विवादास्पद छवीका कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरूको त्यहाँ नियुक्ति खाने मनसायले यस्तो माग गर्न लगाइएको बुझिएको छ।
विश्वभर भएका सत्तापलटका आन्दोलनपछि विद्यमान राष्ट्र प्रमुख, प्रधानमन्त्री, मन्त्री, सरकार र संसद विघटन हुने गरेका छन। निजामती कर्मचारी र संवैधानिक आयोगका पदाधिकारीहरूलाई कारवाही गरेको वा हटाएको ईतिहास पाइदैन। श्रीलंका र बंगलादेशमा पनि त्यस्तै भएको थियो। तर नेपालमा भने जेनजी आन्दोलनले नमागेको माग उचालेर अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अन्य आयुक्तहरूको एकाएक राजिनामा मागिएको छ।
उनीहरूलाई राजिनामा माग्न बाध्य पारेर आफुहरूको नाम सिफारिस गर्ने र विना प्रमाण जथाभावी छानवीन अनुसन्धानगरि बदलाभाव राखेर कारवाही गर्ने मनसाय रहेको स्रोतले बताएको छ। यस कार्यमा केही सचिव, पुर्व सचिव र पुर्व सुरक्षा निकायका उच्च अधिकारीहरू लागेको समाचार स्रोतले बताएको छ।
जेनजी आन्दोलनका युवाहरूलाई समेत प्रायोजित रूपमा अगाडि सारी गैरसंवैधानिक र गैर कानुनी राजिनामा माग गरिएकोमा वास्तविक जेनजीका युवा,संविधान विद,कानुनविद,बौद्विक व्याक्तित्व र राजनीतिक पर्यवेक्षणहरूले गैरसंवैधानिक र गैरकानुनी भनी टिप्पणी गर्दै आएका छन।
अख्तियारले कानुन सम्मत रूपमा भ्रष्टाचार गर्ने कर्मचारी,सांसद,मन्त्री,पुर्व मन्त्री र सरकारी कर्मचारी तथा पदाधिकारीहरू माथि भ्रष्टाचार र अकुत सम्पत्तिका उजुरीहरूमा कानुन सम्मत रूपमा छानवीन र अनुसन्धानगरि प्राप्त प्रमाणका आधारमा दोषी देखिएको अवस्थामा विशेष अदालतमा मुद्दा दर्ता गरिरहेको अवस्थामा कसैलाई बदलाको भावना राखि सडकको मागकै आधारमा पुर्वाग्रही रूपमा भ्रष्टाचारको मुद्दा चलाउनु उपयुक्त हुँदैन।
आयोगमा जो प्रमुख आयुक्त र आयुक्त भएपनि त्यसरी काम गर्दैनन। अहिले अख्तियारका पदाधिकारीहरूको राजिनामा माग्नुको पछाडि रिक्त पदमा आफू नियुक्ति हुन केही भ्रष्ट आचरण,बदनाम र विवादास्पद छविका पुर्व सचिव र सचिवहरू लागेको प्रष्ट भएको छ।

Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...











