टी–२० विश्वकप छनाेटः आज सुपर सिक्समा नेपाल र यूएई प्रतिस्पर्धा गर्दै !
काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल समूह ‘बी’को विजेता र यूएई समूह ‘ए’को विजेताका रुपमा अन्तिम ६ मा प्रवेश गरेका थिए । जसमा नेपाल र यूएईले दुई अंकका साथ नेपाली समयअनुसार ४ः१५ मा ओमानस्थित अल अमिरत क्रिकेट स्टेडियममा प्रतिस्पर्धा गर्दैछन्। हालसम्म नेपाल र युएईले टी–२० अन्तर्राष्ट्रियमा १० पटक एकअर्कासँग प्रतिस्पर्धा गरेका छन् जसमा दुवै टिमले ५–५ पटक जित निकालेका छन्।
जारी प्रतियोगितामा सहभागी नौ वटा टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो। जसमा छ वटा टोली समूह विजेता र उपविजेताको रुपमा सुपर सिक्समा प्रवेश गरेका थिए । जसअन्तर्गत समूह ‘ए’बाट यूएई र कतार, समूह ‘बी’बाट नेपाल र जापान तथा समूह ‘सी’बाट ओमान र सामोअले अन्तिम ६ मा स्थान बनाएका छन्।
सुपर सिक्सबाट शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान बनाउनेछ। अहिलेसम्म अहिलेसम्म १७ टोलीले विश्वकपमा स्थान पक्का गरिसकेका छन्। अब एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटबाट तीन टोलीले अन्तिम २० मा स्थान बनाउने छन्।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











