संवैधानिक अंगका पद छोड्न दबाब दिने समूहको अगुवाई सुमना श्रेष्ठले गरेको खुलासा
काठमाडौं । जेन जी वितण्डापछि मुलुकमा उत्पन्न तरल राजनीतिक परिस्थितिको फाइदा उठाउँदै स्वार्थको रोटी सेक्नेहरू विभिन्न रूपमा प्रकट भैरहँदा कतिपय कल्पनै नगरेका पात्रहरूको नाम आउन थालेको छ । जेन जी युवाहरूलाई अगाडि सारेर संवैधानिक अंगका पदाधिकारीहरूलाई पद छोड्न दबाब दिने एउटा समूहको अगुवाई पूर्वमन्त्री सुमना श्रेष्ठले गरेको पाइएको छ ।
विभिन्न समूहमा छरिएर रहेका युवाहरूले गठन गरेको ‘जेन–जी अलायन्स मुभमेन्ट’ले अख्तियार प्रमुख प्रेमकुमार राईलाई पद छोड्न दबाब दिँदै आएको छ । असोज २० गते उक्त समूहले प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै अख्तियार कार्यालय घेराऊ गरेको थियो । अलाइन्सका तर्फबाट अख्तियारमा औपचारिक पत्रसमेत दर्ता गरिएको थियो । पत्रमा आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइविना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठेको भन्दै तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरिएको छ । उक्त पत्र सुमनाको स्वकीय सचिव आकृति घिमिरेले सर्कुलेट गरेको तथ्य खुलेको हो ।
भदौ २४ गतेको विध्वंसपछि रास्वपा परित्याग गरेर आफूलाई जेन जी समर्थकको भूमिकामा उभ्याएकी सुमनाको स्वकीय सचिव आकृतिले आन्तरिक समन्वय र सम्पर्कका लागि बनाएको ‘प्रेस ग्रुप’ मा सोबारे आपसी सल्लाह भएको स्क्रिनसर्ट जनआस्थाले फेला पारेको छ । भदौ २४ गतेको विध्वंसपछि रास्वपा परित्याग गरेर आफूलाई जेन जी समर्थकको भूमिकामा उभ्याएकी सुमनाको स्वकीय सचिव आकृतिले आन्तरिक समन्वय र सम्पर्कका लागि बनाएको ‘प्रेस ग्रुप’ मा सोबारे आपसी सल्लाह भएको स्क्रिनसर्ट जनआस्थाले फेला पारेको छ ।जहाँ अख्तियार प्रमुख राईसहित आयुक्तहरूको राजीनामा माग गर्दै लेखेको पत्रबारे सर्कुलर गरिएको छ ।
ग्रुपमा लेखिएको छ, ‘विभिन्न जेन जी समूह र व्यक्तिहरू आवद्ध जेन जी मुभमेन्ट अलाइन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त माननीय प्रेमकुमार राईज्यू सहित सम्पूर्ण आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ । यस विषयको प्रेस विज्ञप्ति र सम्पूर्ण दस्तावेज यहाँ उपलब्ध गराइएका छन् ।’ त्यसो त, अख्तियार प्रमुखको राजीनामा मागलाई जेन जीहरूले भ्रष्टाचारविरुद्धको कदमका रूपमा अर्थ्याएका छन् । तर, उनीहरूको त्यो भावनालाई बिचौलिया दीपक भट्ट र नक्कली जेन जी अर्जुनबहादुर शाहीहरू जस्ताले ‘धमिलो पानीमा माछा मार्ने’ र ‘मौकामा चौका हान्ने’ माध्यम बनाएको चर्चा भैरहँदा सुमनामाथि पनि शंका गर्नुपर्ने अवस्था बनेको छ । किनभने पूर्व शिक्षामन्त्रीसमेत रहेकी उनको विदेशी नागरिकताबारे अख्तियारमा उजुरी छ ।
सुमनाको विवाह पोल्यान्डका पत्रकार पाबल स्वाकिन्स्कीसँग भएको हो । उनले शिक्षामन्त्री भइसकेपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा श्रीमानको विदेशी बैंक खातामा १ लाख ८९ हजार डलर ९करिब ३ करोड २२ लाख रुपैयाँ० र १ लाख ८० हजार पाउन्ड ९करिब ३ करोड ७ लाख रुपैयाँ० जम्मा रहेको उल्लेख गरेकी थिइन् ।नेपालको संविधानमा विदेशी पीआर भएको व्यक्तिले निर्वाचन लड्न, सरकारी नियुक्ति वा मनोनयन हुन नपाउने व्यवस्था छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












