संवैधानिक अंगका पद छोड्न दबाब दिने समूहको अगुवाई सुमना श्रेष्ठले गरेको खुलासा
काठमाडौं । जेन जी वितण्डापछि मुलुकमा उत्पन्न तरल राजनीतिक परिस्थितिको फाइदा उठाउँदै स्वार्थको रोटी सेक्नेहरू विभिन्न रूपमा प्रकट भैरहँदा कतिपय कल्पनै नगरेका पात्रहरूको नाम आउन थालेको छ । जेन जी युवाहरूलाई अगाडि सारेर संवैधानिक अंगका पदाधिकारीहरूलाई पद छोड्न दबाब दिने एउटा समूहको अगुवाई पूर्वमन्त्री सुमना श्रेष्ठले गरेको पाइएको छ ।
विभिन्न समूहमा छरिएर रहेका युवाहरूले गठन गरेको ‘जेन–जी अलायन्स मुभमेन्ट’ले अख्तियार प्रमुख प्रेमकुमार राईलाई पद छोड्न दबाब दिँदै आएको छ । असोज २० गते उक्त समूहले प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै अख्तियार कार्यालय घेराऊ गरेको थियो । अलाइन्सका तर्फबाट अख्तियारमा औपचारिक पत्रसमेत दर्ता गरिएको थियो । पत्रमा आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइविना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठेको भन्दै तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरिएको छ । उक्त पत्र सुमनाको स्वकीय सचिव आकृति घिमिरेले सर्कुलेट गरेको तथ्य खुलेको हो ।
भदौ २४ गतेको विध्वंसपछि रास्वपा परित्याग गरेर आफूलाई जेन जी समर्थकको भूमिकामा उभ्याएकी सुमनाको स्वकीय सचिव आकृतिले आन्तरिक समन्वय र सम्पर्कका लागि बनाएको ‘प्रेस ग्रुप’ मा सोबारे आपसी सल्लाह भएको स्क्रिनसर्ट जनआस्थाले फेला पारेको छ । भदौ २४ गतेको विध्वंसपछि रास्वपा परित्याग गरेर आफूलाई जेन जी समर्थकको भूमिकामा उभ्याएकी सुमनाको स्वकीय सचिव आकृतिले आन्तरिक समन्वय र सम्पर्कका लागि बनाएको ‘प्रेस ग्रुप’ मा सोबारे आपसी सल्लाह भएको स्क्रिनसर्ट जनआस्थाले फेला पारेको छ ।जहाँ अख्तियार प्रमुख राईसहित आयुक्तहरूको राजीनामा माग गर्दै लेखेको पत्रबारे सर्कुलर गरिएको छ ।
ग्रुपमा लेखिएको छ, ‘विभिन्न जेन जी समूह र व्यक्तिहरू आवद्ध जेन जी मुभमेन्ट अलाइन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त माननीय प्रेमकुमार राईज्यू सहित सम्पूर्ण आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ । यस विषयको प्रेस विज्ञप्ति र सम्पूर्ण दस्तावेज यहाँ उपलब्ध गराइएका छन् ।’ त्यसो त, अख्तियार प्रमुखको राजीनामा मागलाई जेन जीहरूले भ्रष्टाचारविरुद्धको कदमका रूपमा अर्थ्याएका छन् । तर, उनीहरूको त्यो भावनालाई बिचौलिया दीपक भट्ट र नक्कली जेन जी अर्जुनबहादुर शाहीहरू जस्ताले ‘धमिलो पानीमा माछा मार्ने’ र ‘मौकामा चौका हान्ने’ माध्यम बनाएको चर्चा भैरहँदा सुमनामाथि पनि शंका गर्नुपर्ने अवस्था बनेको छ । किनभने पूर्व शिक्षामन्त्रीसमेत रहेकी उनको विदेशी नागरिकताबारे अख्तियारमा उजुरी छ ।
सुमनाको विवाह पोल्यान्डका पत्रकार पाबल स्वाकिन्स्कीसँग भएको हो । उनले शिक्षामन्त्री भइसकेपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा श्रीमानको विदेशी बैंक खातामा १ लाख ८९ हजार डलर ९करिब ३ करोड २२ लाख रुपैयाँ० र १ लाख ८० हजार पाउन्ड ९करिब ३ करोड ७ लाख रुपैयाँ० जम्मा रहेको उल्लेख गरेकी थिइन् ।नेपालको संविधानमा विदेशी पीआर भएको व्यक्तिले निर्वाचन लड्न, सरकारी नियुक्ति वा मनोनयन हुन नपाउने व्यवस्था छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











