सरकारी टोली चीन जाने तयारीमा, दैलेखको ग्याँस भण्डार रिपोर्टलाई अन्तिम रुप दिने
काठमाडौं । दैलेखको जलजलेमा भेटिएको मिथेन ग्यासको भण्डारणसम्बन्धी अन्तिम छलफलका लागि खानी तथा भूगर्भ विभागको टोली चीन जाने भएको छ। विभागका महानिर्देशक दिनेश कुमार नापितको नेतृत्वमा टोली चीनको छेन्दु जाँदैछ, जहाँ ग्यास उत्खननको विस्तृत प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा छलफल हुनेछ।
यसअघि चीनको छेन्दुस्थित चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीको अध्ययन तथा ड्रिलिङबाट जलजले क्षेत्रमा मिथेन ग्यासको ठूलो भण्डार पुष्टि भएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रारम्भिक अनुमानमा उक्त क्षेत्रमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको र यसले करिब ५० वर्षसम्म नेपालको ग्यास माग पुरा गर्नसक्ने दाबी गरेको थियो।
तर, सो अध्ययनको अन्तिम प्रतिवेदन हालसम्म प्राप्त नभएको मन्त्रालयले जनाएको छ। चिनियाँ टोलीले उक्त प्रतिवेदन डिसेम्बर महिनासम्ममा उपलब्ध गराउने जानकारी दिएको छ। त्यसको तयारीस्वरूप नेपालको खानी तथा भूगर्भ विभागले चिनियाँ पक्षसँग संयुक्त छलफलमा सहभागी हुन उच्चस्तरीय टोली चीन पठाउने तयारी गरेको हो।
‘चीनले तयार गरेको प्रतिवेदनको समीक्षाका लागि सम्मेलन आयोजना गरिएको छ,’ खानी विभाग स्रोतले जानकारी दियो, ‘सोही सम्मेलनमा सहभागी भई नेपाली पक्षले आफ्नो प्रतिक्रिया दिनेछ, त्यसपछि मात्र प्रतिवेदन अन्तिमरूपमा तयार हुनेछ।’
२०७८ वैशाख २८ गतेदेखि दैलेखको जलजले क्षेत्रमा जमिनभित्र करिब ४ हजार मिटर गहिराइसम्म ड्रिल गरेर अनुसन्धान गरिएको थियो। ग्यास भेटिएपछि थप परीक्षणका लागि नमूना चीन पठाइएको थियो। चिनियाँ टोलीको अध्ययनबाट ग्यासको गुणस्तर, प्रशोधन लागत, उत्पादन प्रक्रिया तथा व्यावसायिक सम्भावनाबारे निष्कर्ष निकालिने बताइएको छ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...












