सरकारी टोली चीन जाने तयारीमा, दैलेखको ग्याँस भण्डार रिपोर्टलाई अन्तिम रुप दिने
काठमाडौं । दैलेखको जलजलेमा भेटिएको मिथेन ग्यासको भण्डारणसम्बन्धी अन्तिम छलफलका लागि खानी तथा भूगर्भ विभागको टोली चीन जाने भएको छ। विभागका महानिर्देशक दिनेश कुमार नापितको नेतृत्वमा टोली चीनको छेन्दु जाँदैछ, जहाँ ग्यास उत्खननको विस्तृत प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा छलफल हुनेछ।
यसअघि चीनको छेन्दुस्थित चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीको अध्ययन तथा ड्रिलिङबाट जलजले क्षेत्रमा मिथेन ग्यासको ठूलो भण्डार पुष्टि भएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रारम्भिक अनुमानमा उक्त क्षेत्रमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको र यसले करिब ५० वर्षसम्म नेपालको ग्यास माग पुरा गर्नसक्ने दाबी गरेको थियो।
तर, सो अध्ययनको अन्तिम प्रतिवेदन हालसम्म प्राप्त नभएको मन्त्रालयले जनाएको छ। चिनियाँ टोलीले उक्त प्रतिवेदन डिसेम्बर महिनासम्ममा उपलब्ध गराउने जानकारी दिएको छ। त्यसको तयारीस्वरूप नेपालको खानी तथा भूगर्भ विभागले चिनियाँ पक्षसँग संयुक्त छलफलमा सहभागी हुन उच्चस्तरीय टोली चीन पठाउने तयारी गरेको हो।
‘चीनले तयार गरेको प्रतिवेदनको समीक्षाका लागि सम्मेलन आयोजना गरिएको छ,’ खानी विभाग स्रोतले जानकारी दियो, ‘सोही सम्मेलनमा सहभागी भई नेपाली पक्षले आफ्नो प्रतिक्रिया दिनेछ, त्यसपछि मात्र प्रतिवेदन अन्तिमरूपमा तयार हुनेछ।’
२०७८ वैशाख २८ गतेदेखि दैलेखको जलजले क्षेत्रमा जमिनभित्र करिब ४ हजार मिटर गहिराइसम्म ड्रिल गरेर अनुसन्धान गरिएको थियो। ग्यास भेटिएपछि थप परीक्षणका लागि नमूना चीन पठाइएको थियो। चिनियाँ टोलीको अध्ययनबाट ग्यासको गुणस्तर, प्रशोधन लागत, उत्पादन प्रक्रिया तथा व्यावसायिक सम्भावनाबारे निष्कर्ष निकालिने बताइएको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











