ताजा समाचार

विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने

काठमाडौं । विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ ।

उनको शव फ्लाई दुबईको विमान मार्फत काठमाडाैंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आजै धनगढी पठाउने तयारी गरिएकाे हाे ।धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घर लगिने छ ।

कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिनेछ । विपिनको शव बोकेको विमान मंगलबार दिउँसो २ः३० बजे त्रिभुवन विमानस्थल अवतरण गर्नेछ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयलका अधिकारीहरू दिउँसो त्रिभुवन विमानस्थल पुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org