हिमाल आरोहणबाट तेब्बरभन्दा बढी राजस्व संकलन
काठमाडौँ। यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणबाट प्राप्त हुने दस्तुर (राजस्व) तेब्बरभन्दा बढी सङ्कलन भएको छ । सरकारले १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु गरेपछि गत वर्षभन्दा यस वर्ष आरोहण शुल्क तेब्बरले बढेको हो । सरकारले विसं २०७१ पुस १७ गतेदेखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क परिवर्तन गर्दै गत साउन २६ गतेदेखि नयाँ शुल्क कायम गरेको थियो । यसबाहेक यो याममा विगतभन्दा आरोहीको सङ्ख्या बढेकाले पनि राजस्व सङ्कलन बढेको हो ।
पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार विगतका शरद् ऋतुमा साढे सात करोडको हाराहारीमा राजस्व सङ्कलन हुँदै आएकोमा यस वर्ष भने साढे २५ करोडभन्दा बढी रुपियाँ सरकारी कोषमा दाखिला भएको छ । जेनजी आन्दोलनका कारण अन्य पर्यटन क्षेत्रमा असर परे पनि आरोहण क्षेत्रमा भने विगतभन्दा सुधार आएको छ । यस वर्ष हालसम्म आरोहण हुन नसकेका हिमालमा समेत आरोहण भएको छ । सगरमाथा आरोहणमा मुस्किल मानिने यो याममा आरोहण पूरा गर्दै अमेरिकी पर्वतारोही जिम मोरिसनले सगरमाथाको उत्तरी मोहडाबाट स्की गरेर कीर्तिमानसमेत कायम भएको छ ।
यसअघि सन् २०२३ को शरद् ऋतुमा सात करोड ८१ लाख र सन् २०२४ को सोही अवधिमा सात करोड ६३ लाख रुपियाँ सङ्कलन भएकोमा यस वर्ष २५ करोड ५१ लाख ६५ हजार ४३६ रुपियाँ राजस्व उठेको उहाँले जानकारी दिनुभयो । सन् २०२३ को शरद् याममा १७० समूहका एक हजार ३२६ र सन् २०२४ को सोही याममा १५८ समूहका एक हजार २८० आरोहीले अनुमति लिएकोमा अहिले १७५ समूहका एक हजार ४५० जनाले आरोहण अनुमति लिएको उहाँले बताउनुभयो । अनुमति लिनेमा नेपालसहित ८३ देशका ३४५ महिला र एक हजार १०५ जना पुरुष रहेका छन् । यो याममा विभागले जारी गरेको ५४ हिमालको आरोहण अनुमतिमध्ये सबैभन्दा धेरै मनासलु आरोहण गर्न ३७४ जनाले अनुमति लिएका छन् । मनासलु आरोहणबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपियाँ राजस्व उठेको छ ।
विभागका अनुसार हाल नेपालमा आरोहणका लागि खुला गरिएका ४६१ हिमालमध्ये आरोहण हुन नसकेका १०२ हिमालमध्ये यो याममा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ मा रहेको नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । पोल्यान्डका नागरिक आडम, जर्मनीका फोलिक्स र इटालियन नागरिक हर्भले १५ घण्टाको कठिन प्रयासपछि छ हजार ९५८ मिटर अग्लो नुम्बुरको चुचुरोमा पहिलो पाइला टेकेको विभागले जनाएको छ । नुम्बुरमा यसअघि सन् १९६३ मा जापानी र सन् १९८१ मा फ्रान्सेली आरोहण दलले आरोहणको प्रयास गरे पनि सफल भएका थिएनन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











