हिमाल आरोहणबाट तेब्बरभन्दा बढी राजस्व संकलन
काठमाडौँ। यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणबाट प्राप्त हुने दस्तुर (राजस्व) तेब्बरभन्दा बढी सङ्कलन भएको छ । सरकारले १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु गरेपछि गत वर्षभन्दा यस वर्ष आरोहण शुल्क तेब्बरले बढेको हो । सरकारले विसं २०७१ पुस १७ गतेदेखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क परिवर्तन गर्दै गत साउन २६ गतेदेखि नयाँ शुल्क कायम गरेको थियो । यसबाहेक यो याममा विगतभन्दा आरोहीको सङ्ख्या बढेकाले पनि राजस्व सङ्कलन बढेको हो ।
पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार विगतका शरद् ऋतुमा साढे सात करोडको हाराहारीमा राजस्व सङ्कलन हुँदै आएकोमा यस वर्ष भने साढे २५ करोडभन्दा बढी रुपियाँ सरकारी कोषमा दाखिला भएको छ । जेनजी आन्दोलनका कारण अन्य पर्यटन क्षेत्रमा असर परे पनि आरोहण क्षेत्रमा भने विगतभन्दा सुधार आएको छ । यस वर्ष हालसम्म आरोहण हुन नसकेका हिमालमा समेत आरोहण भएको छ । सगरमाथा आरोहणमा मुस्किल मानिने यो याममा आरोहण पूरा गर्दै अमेरिकी पर्वतारोही जिम मोरिसनले सगरमाथाको उत्तरी मोहडाबाट स्की गरेर कीर्तिमानसमेत कायम भएको छ ।
यसअघि सन् २०२३ को शरद् ऋतुमा सात करोड ८१ लाख र सन् २०२४ को सोही अवधिमा सात करोड ६३ लाख रुपियाँ सङ्कलन भएकोमा यस वर्ष २५ करोड ५१ लाख ६५ हजार ४३६ रुपियाँ राजस्व उठेको उहाँले जानकारी दिनुभयो । सन् २०२३ को शरद् याममा १७० समूहका एक हजार ३२६ र सन् २०२४ को सोही याममा १५८ समूहका एक हजार २८० आरोहीले अनुमति लिएकोमा अहिले १७५ समूहका एक हजार ४५० जनाले आरोहण अनुमति लिएको उहाँले बताउनुभयो । अनुमति लिनेमा नेपालसहित ८३ देशका ३४५ महिला र एक हजार १०५ जना पुरुष रहेका छन् । यो याममा विभागले जारी गरेको ५४ हिमालको आरोहण अनुमतिमध्ये सबैभन्दा धेरै मनासलु आरोहण गर्न ३७४ जनाले अनुमति लिएका छन् । मनासलु आरोहणबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपियाँ राजस्व उठेको छ ।
विभागका अनुसार हाल नेपालमा आरोहणका लागि खुला गरिएका ४६१ हिमालमध्ये आरोहण हुन नसकेका १०२ हिमालमध्ये यो याममा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ मा रहेको नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । पोल्यान्डका नागरिक आडम, जर्मनीका फोलिक्स र इटालियन नागरिक हर्भले १५ घण्टाको कठिन प्रयासपछि छ हजार ९५८ मिटर अग्लो नुम्बुरको चुचुरोमा पहिलो पाइला टेकेको विभागले जनाएको छ । नुम्बुरमा यसअघि सन् १९६३ मा जापानी र सन् १९८१ मा फ्रान्सेली आरोहण दलले आरोहणको प्रयास गरे पनि सफल भएका थिएनन् ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











