ताजा समाचार

पश्चिमी वायूको प्रभाव कायमै, केही ठाउँमा हल्का वर्षा र हिमपात

काठमाडाैैं। हिजो दिउँसोको तुलनामा मौसममा केही सुधार भएको छ । तर पश्चिमी वायूको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आजको तुलनामा भोलि बदली र वर्षाको सम्भावना धेरै रहेको महाशाखाले जनाएको छ । भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी पहाडी भूभागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, कृषि तथा पर्यटन क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org