लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित निकाल्यो। यससँगै सिरिजमा नेपालले युएई र अमेरिका दुवै टोलीसँगका दुई दुई खेल नै गुमाउँदै लगातार चार खेलमा पराजय भोग्यो।
बुधबार नेपालले दिएको २४० रनको लक्ष्य युएईले ६ विकेटको क्षतिमा ४९.१ ओभरमा पूरा गर्यो। युएईका लागि मुहमद शाहदाद र मुहमद वासिमले उत्कृष्ट ब्याटिङ गरे। दुईबीच चौथो विकेटका लागि १४७ रनको साझेदारी भएको थियो।
वासिमले ७६ रनको योगदान गरे। उनले ७३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। शाहदादले ९६ रन बनाए। उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। दुबईमा टस जितेको घरेलु टोली युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा २३९ रन जोड्यो।
खराब सुरूवात गरेको नेपालका ओपनर २ रनमै आउट भए। त्यसपछि आसिफ शेख र भीम सार्कीले नेपालको इनिङ उकास्न खोजे। तर १८औं ओभरमा आसिफ ३४ रन बनाएर खेलिरहदा रनआउट हुन पुगे। आसिफले ४८ बलमा ४ चौका प्रहार गरे। आसिफ र भीमबीच दोस्रो विकेटका लगि ७४ रनको सोझेदारी भयो।
२१ औं ओभरमा कप्तान रोहितकुमार पौडेल २ रनमा आउट हुन पुगे। दुई ओभरपछि भीम सार्की पनि ४८ रन जोडेर पेभिलियन फर्के। भीमले ६८ बलमा ७ चौका प्रहार गरे। आरिफ शेख र दीपेन्द्रसिंह ऐरीबीच ४९ रनको साझेदारी भयो। दीपेन्द्र ३७ रनमा रनआउट भए भने आरिफले ३० रन बटुले। आरिफ आउट भएको अर्को ओभरमा करण केसी खाता नै नखोली पेभिलियन फर्किए।
अन्तिम ओभरको पाँचौ बलमा आउट भएका कुशल मल्लले ४५ रन बनाए। उनले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए। सन्दीप लामिछानले १० बलमा नटआउट १५ रन बनाए।
बलिङमा युएईका जुनइद सिद्धिकी, मुहमद जवाहदुल्लाह र ध्रुव परासरले २-२ विकेट लिए। आजको जितसँगै युएईले २० खेलबाट १० अंक जोडेको छ। नेपालको १२ अंक छ। अंक तालिकामा युएई पुछार अर्थात् आठौं स्थानमा छ भने नेपाल सातौं स्थानमा छ। सिरिजमा चारै जितेको अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। अमेरिकाले २४ खेलबाट ३६ अंक जोडेको छ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












