लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित निकाल्यो। यससँगै सिरिजमा नेपालले युएई र अमेरिका दुवै टोलीसँगका दुई दुई खेल नै गुमाउँदै लगातार चार खेलमा पराजय भोग्यो।
बुधबार नेपालले दिएको २४० रनको लक्ष्य युएईले ६ विकेटको क्षतिमा ४९.१ ओभरमा पूरा गर्यो। युएईका लागि मुहमद शाहदाद र मुहमद वासिमले उत्कृष्ट ब्याटिङ गरे। दुईबीच चौथो विकेटका लागि १४७ रनको साझेदारी भएको थियो।
वासिमले ७६ रनको योगदान गरे। उनले ७३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। शाहदादले ९६ रन बनाए। उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। दुबईमा टस जितेको घरेलु टोली युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा २३९ रन जोड्यो।
खराब सुरूवात गरेको नेपालका ओपनर २ रनमै आउट भए। त्यसपछि आसिफ शेख र भीम सार्कीले नेपालको इनिङ उकास्न खोजे। तर १८औं ओभरमा आसिफ ३४ रन बनाएर खेलिरहदा रनआउट हुन पुगे। आसिफले ४८ बलमा ४ चौका प्रहार गरे। आसिफ र भीमबीच दोस्रो विकेटका लगि ७४ रनको सोझेदारी भयो।
२१ औं ओभरमा कप्तान रोहितकुमार पौडेल २ रनमा आउट हुन पुगे। दुई ओभरपछि भीम सार्की पनि ४८ रन जोडेर पेभिलियन फर्के। भीमले ६८ बलमा ७ चौका प्रहार गरे। आरिफ शेख र दीपेन्द्रसिंह ऐरीबीच ४९ रनको साझेदारी भयो। दीपेन्द्र ३७ रनमा रनआउट भए भने आरिफले ३० रन बटुले। आरिफ आउट भएको अर्को ओभरमा करण केसी खाता नै नखोली पेभिलियन फर्किए।
अन्तिम ओभरको पाँचौ बलमा आउट भएका कुशल मल्लले ४५ रन बनाए। उनले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए। सन्दीप लामिछानले १० बलमा नटआउट १५ रन बनाए।
बलिङमा युएईका जुनइद सिद्धिकी, मुहमद जवाहदुल्लाह र ध्रुव परासरले २-२ विकेट लिए। आजको जितसँगै युएईले २० खेलबाट १० अंक जोडेको छ। नेपालको १२ अंक छ। अंक तालिकामा युएई पुछार अर्थात् आठौं स्थानमा छ भने नेपाल सातौं स्थानमा छ। सिरिजमा चारै जितेको अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। अमेरिकाले २४ खेलबाट ३६ अंक जोडेको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











