ठेक्का लिएर अलपत्र पार्ने २५ ठेकेदार सँगकाे ठेक्का तोडियो !
काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले लामो समयदेखि काम सम्पन्न नगरी अलपत्र पारेका २५ ठेक्का सोमबार रद्द गरेको छ। सडक निर्माणका लागि विभिन्न आर्थिक वर्षमा—२०६७/६८ देखि २०७९/८०—सम्झौता गरिएका यी ठेक्काहरू वर्षौंदेखि रुग्ण अवस्थामा रहेपछि कार्यालयले सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडिएको जानकारी दिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङले काम नगर्ने तथा आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई कडा निर्देशन दिएपछि सडक विभागअन्तर्गतका कार्यालयहरूले रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका थिए।
गत कात्तिक ११ गते सडक डिभिजन कार्यालयले सम्बन्धित २५ निर्माण व्यवसायीलाई ‘किन ठेक्का नतोड्ने ?’ भनी स्पष्टीकरण सोधेको थियो। तर व्यवसायीहरूले दिएको जवाफ असन्तोषजनक रहेको ठहरपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको कार्यालय प्रमुख सुवोध देवकोटाले बताए।
कानून बमोजिम ठेक्का सम्झौता अन्त्यसँगै सम्बद्ध व्यवसायीलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत, धरौटी, पेश्की जमानत जफत गर्ने तथा पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। साथै अधुरो काम पूरा गर्न लाग्ने खर्चसमेत सरकारी बाँकीसरह असुलउपर गरिने छ।
निर्माण व्यवसायीहरू पटक–पटक म्याद थप हुँदासमेत काम अघि नबढाई वर्षौंदेखि कार्यस्थलमा उपस्थित नहुँदा ठेक्का उल्लङ्घन भएको स्पष्ट देखिएको कार्यालयको निष्कर्ष छ। लिखित तथा मौखिक अनुरोधहरू बेवास्ता गर्दै निर्माण कार्यमा चासो नदेखाएकाले अन्ततः ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...













