ताजा समाचार

गायक धनराज बहादुर गिरी रिहा !

काठमाडौं । गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा पक्राउ परेका गायक धनराज बहादुर ‘बाबुल’ गिरी धरौटीमा रिहा भएका छन्।

काडमाडौं जिल्ला अदालतले बुधबार उनलाई ३ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेश आएसँगै उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

पौडेलले कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा शरीरमा पेट्रोल छर्केकी थिइन्। उनको उपचार क्रममा बर्न अस्पताल कीर्तिपुरमा कात्तिक ७ गते मृत्यु भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org