रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति स्थापना सम्बन्धी २८ बुँदे योजनामा केही प्रगति भएको निष्कर्ष निकालेको छ । तर सुरक्षा ग्यारेन्टीका मुख्य मुद्दाहरूमा भने सहमति जुट्न नसकेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले तयार गरेको शान्ति योजनाले युक्रेनलाई केही भूभाग त्याग्न, सेनाको आकारमा सीमितता स्वीकार्न र नाटोमा सम्मिलित नहुन आग्रह गरेको छ । जसले युक्रेन र युरोपेली देशहरूबीच चिन्ता बढाएको छ । रुबियोले वार्तामा केही जटिल बुँदाहरू सल्टाउन गर्न सफल भएको तर नाटोको भूमिकादेखि युक्रेनलाई दिने सुरक्षा प्रत्याभूतिको विषय अझै टुंगिन बाँकी रहेको बताउनुभयो ।
यसैबीच, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भूभाग सम्बन्धी संवेदनशील विषयमा प्रत्यक्ष छलफल गर्न अमेरिका आउने सम्भावनाबारे दुवै पक्षबीच कुराकानी भइरहेको बताउनुभयो । युक्रेनको ऊर्जा संरचनामा तीव्र आक्रमण भईरहेको र सैनिक अभाव बढिरहेको अवस्थामा यो विषय युक्रेनका लागि अत्यन्तै संवेदनशील मानिएको छ ।
युक्रेनी राष्ट्रपति घरेलु राजनीतिक दबाब, भ्रष्टाचार काण्ड र युद्ध–स्रोत अभावबीच कसरी आफ्नो स्वाधीनता र प्रतिष्ठाको रक्षा गर्ने भन्ने चुनौतीसँग जुधिरहेका छन् । युद्धको झन्डै चार वर्ष पूरा हुँदै गर्दा युक्रेन अझै पनि अमेरिकी सैन्य सहयोग र सूचनामा निर्भर छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











