रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति स्थापना सम्बन्धी २८ बुँदे योजनामा केही प्रगति भएको निष्कर्ष निकालेको छ । तर सुरक्षा ग्यारेन्टीका मुख्य मुद्दाहरूमा भने सहमति जुट्न नसकेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले तयार गरेको शान्ति योजनाले युक्रेनलाई केही भूभाग त्याग्न, सेनाको आकारमा सीमितता स्वीकार्न र नाटोमा सम्मिलित नहुन आग्रह गरेको छ । जसले युक्रेन र युरोपेली देशहरूबीच चिन्ता बढाएको छ । रुबियोले वार्तामा केही जटिल बुँदाहरू सल्टाउन गर्न सफल भएको तर नाटोको भूमिकादेखि युक्रेनलाई दिने सुरक्षा प्रत्याभूतिको विषय अझै टुंगिन बाँकी रहेको बताउनुभयो ।
यसैबीच, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भूभाग सम्बन्धी संवेदनशील विषयमा प्रत्यक्ष छलफल गर्न अमेरिका आउने सम्भावनाबारे दुवै पक्षबीच कुराकानी भइरहेको बताउनुभयो । युक्रेनको ऊर्जा संरचनामा तीव्र आक्रमण भईरहेको र सैनिक अभाव बढिरहेको अवस्थामा यो विषय युक्रेनका लागि अत्यन्तै संवेदनशील मानिएको छ ।
युक्रेनी राष्ट्रपति घरेलु राजनीतिक दबाब, भ्रष्टाचार काण्ड र युद्ध–स्रोत अभावबीच कसरी आफ्नो स्वाधीनता र प्रतिष्ठाको रक्षा गर्ने भन्ने चुनौतीसँग जुधिरहेका छन् । युद्धको झन्डै चार वर्ष पूरा हुँदै गर्दा युक्रेन अझै पनि अमेरिकी सैन्य सहयोग र सूचनामा निर्भर छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












