‘अख्तियारमा परेका अधिकांश उजुरी सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित’
पर्सा । स्थानीय तहमा देखिएका बेथितिसम्बन्धी उजुरीमध्ये सबैभन्दा धेरै उजुरी मधेस प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेको तथ्यांकले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८१/८२ मा देशभरबाट स्थानीय तहसम्बन्धी कुल १९ हजार ९३३ उजुरी परेका थिए । तीमध्ये ७ हजार ७२ वटा अर्थात् ३५.४८ प्रतिशत उजुरी मधेस प्रदेशका मात्रै रहेका छन् । यी उजुरीमध्ये धेरैजसो सार्वजनिक खरिद प्रक्रियासँग जोडिएका छन् ।
सबैभन्दा कम उजुरी भने गण्डकी प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेका छन् । उक्त प्रदेशबाट जम्मा १ हजार ४२० उजुरी परेका छन्, जुन कुल उजुरीको ७.१२ प्रतिशत हो । मधेस प्रदेशभित्र पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका सम्बन्धी १७३ वटा तथा छिपरमाई गाउँपालिका सम्बन्धी १२६ वटा उजुरी दर्ता भएका छन् । त्यस्तै बाराको सुवर्ण गाउँपालिकामा २३० र पचरौता नगरपालिकामा १९२ वटा उजुरी परेका छन् ।
प्रतिवेदनअनुसार स्थानीय तहहरूले विधि र प्रक्रिया मिचेर मनपरी ढङ्गले खरिद गर्ने प्रवृत्ति देशभर व्याप्त देखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र अख्तियारले पनि यस्ता प्रवृत्तिहरू पटक–पटक उजागर गर्दै आएका छन् । पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रिया मनपरी ढङ्गले सञ्चालन भइरहेको बताए । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक खरिद ऐन, २०६३ विपरीत धेरै ठाउँमा प्रक्रिया त्रुटिपूर्ण रहेको औँल्याएको छ ।
उक्त प्रतिवेदनअनुसार देशभरका ५५४ स्थानीय तहले प्रतिस्पर्धा नगराई विभिन्न निर्माण, औषधि खरिद, परामर्श तथा सामग्री खरिदमा रु सात अर्ब २१ करोड ४४ लाख ४८ हजार खर्च लेखेका छन् । जबकि कानुनअनुसार १० लाखसम्म सोझै खरिद गर्न सकिने भए पनि सोभन्दा बढी रकममा सीमित दरभाउ पत्र वा बोलपत्रमार्फत प्रतिस्पर्धा अनिवार्य गरिएको छ । खत्रीका अनुसार जनप्रतिनिधिबाट कर्मचारीमाथि दबाब र प्रभाव परेको कारण पनि खरिद प्रक्रिया मिचिने गरेको हो । दक्ष जनशक्ति अभाव र नियम उल्लङ्घन गर्ने प्रवृत्तिले समस्या झनै जटिल बनेको उनले बताए । यस्तो विकृति अन्त्य गर्न कडाइका साथ कार्यान्वयन आवश्यक भइसकेको उनको भनाइ छ ।
यस अवस्थालाई सुधार गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय र महालेखापरीक्षकको कार्यालयले स्थानीय तहलाई खरिद ऐन र नियमावलीबारे प्रशिक्षण दिन जरुरी रहेको जानकारहरू बताउँछन् । पर्साका १४ स्थानीय तहका उजुरी पनि उल्लेखनीय रहेका छन् । आयोगको हेटौँडा कार्यालयका अनुसार वीरगञ्ज महानगरसँग सम्बन्धित १७३ उजुरी परेका छन् । नगर प्रमुख राजेशमान सिंहले उजुरी समयमै फर्छ्यौट नहुँदा कार्यसम्पादनमा समस्या उत्पन्न हुने गुनासो गरेका छन् ।
गत आवमा छिपरमाईमा १२६, पोखरियामा ३४, बहुदरमाईमा २७, पकहाँ मैनपुरमा २३, पर्सागढीमा ५, ठोरीमा ३, जगरनाथपुरमा ५, धोबिनीमा १६, बिन्दवासिनीमा ९, सखुवाप्रसौनीमा ४ र कालिकामाईमा ६ उजुरी दर्ता भएका छन् । पटेर्वा सुगौली र जिराभवानीमा भने कुनै उजुरी परेको छैन । हेटौँडा कार्यालयका सूचना अधिकारी विमोचन घिमिरेका अनुसार अधिकांश उजुरी सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित छन् ।
गत आवमा हेटौँडा कार्यालयमा १२ जिल्लाका स्थानीय तहविरुद्ध १ हजार ९५६ उजुरी दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै उजुरी रौतहटमा ५३०, बारामा ४९३ र पर्सामा ४३१ वटा रहेका छन् । रामेछापमा भने कुनै उजुरी परेको छैन । हेटौँडा कार्यालयको कार्यक्षेत्रमा मधेस प्रदेशका तीन जिल्ला र बागमती प्रदेशका नौ जिल्ला पर्दछन् । रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र रामेछाप यस अन्तर्गत पर्छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











