‘अख्तियारमा परेका अधिकांश उजुरी सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित’
पर्सा । स्थानीय तहमा देखिएका बेथितिसम्बन्धी उजुरीमध्ये सबैभन्दा धेरै उजुरी मधेस प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेको तथ्यांकले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८१/८२ मा देशभरबाट स्थानीय तहसम्बन्धी कुल १९ हजार ९३३ उजुरी परेका थिए । तीमध्ये ७ हजार ७२ वटा अर्थात् ३५.४८ प्रतिशत उजुरी मधेस प्रदेशका मात्रै रहेका छन् । यी उजुरीमध्ये धेरैजसो सार्वजनिक खरिद प्रक्रियासँग जोडिएका छन् ।
सबैभन्दा कम उजुरी भने गण्डकी प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेका छन् । उक्त प्रदेशबाट जम्मा १ हजार ४२० उजुरी परेका छन्, जुन कुल उजुरीको ७.१२ प्रतिशत हो । मधेस प्रदेशभित्र पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका सम्बन्धी १७३ वटा तथा छिपरमाई गाउँपालिका सम्बन्धी १२६ वटा उजुरी दर्ता भएका छन् । त्यस्तै बाराको सुवर्ण गाउँपालिकामा २३० र पचरौता नगरपालिकामा १९२ वटा उजुरी परेका छन् ।
प्रतिवेदनअनुसार स्थानीय तहहरूले विधि र प्रक्रिया मिचेर मनपरी ढङ्गले खरिद गर्ने प्रवृत्ति देशभर व्याप्त देखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र अख्तियारले पनि यस्ता प्रवृत्तिहरू पटक–पटक उजागर गर्दै आएका छन् । पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रिया मनपरी ढङ्गले सञ्चालन भइरहेको बताए । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक खरिद ऐन, २०६३ विपरीत धेरै ठाउँमा प्रक्रिया त्रुटिपूर्ण रहेको औँल्याएको छ ।
उक्त प्रतिवेदनअनुसार देशभरका ५५४ स्थानीय तहले प्रतिस्पर्धा नगराई विभिन्न निर्माण, औषधि खरिद, परामर्श तथा सामग्री खरिदमा रु सात अर्ब २१ करोड ४४ लाख ४८ हजार खर्च लेखेका छन् । जबकि कानुनअनुसार १० लाखसम्म सोझै खरिद गर्न सकिने भए पनि सोभन्दा बढी रकममा सीमित दरभाउ पत्र वा बोलपत्रमार्फत प्रतिस्पर्धा अनिवार्य गरिएको छ । खत्रीका अनुसार जनप्रतिनिधिबाट कर्मचारीमाथि दबाब र प्रभाव परेको कारण पनि खरिद प्रक्रिया मिचिने गरेको हो । दक्ष जनशक्ति अभाव र नियम उल्लङ्घन गर्ने प्रवृत्तिले समस्या झनै जटिल बनेको उनले बताए । यस्तो विकृति अन्त्य गर्न कडाइका साथ कार्यान्वयन आवश्यक भइसकेको उनको भनाइ छ ।
यस अवस्थालाई सुधार गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय र महालेखापरीक्षकको कार्यालयले स्थानीय तहलाई खरिद ऐन र नियमावलीबारे प्रशिक्षण दिन जरुरी रहेको जानकारहरू बताउँछन् । पर्साका १४ स्थानीय तहका उजुरी पनि उल्लेखनीय रहेका छन् । आयोगको हेटौँडा कार्यालयका अनुसार वीरगञ्ज महानगरसँग सम्बन्धित १७३ उजुरी परेका छन् । नगर प्रमुख राजेशमान सिंहले उजुरी समयमै फर्छ्यौट नहुँदा कार्यसम्पादनमा समस्या उत्पन्न हुने गुनासो गरेका छन् ।
गत आवमा छिपरमाईमा १२६, पोखरियामा ३४, बहुदरमाईमा २७, पकहाँ मैनपुरमा २३, पर्सागढीमा ५, ठोरीमा ३, जगरनाथपुरमा ५, धोबिनीमा १६, बिन्दवासिनीमा ९, सखुवाप्रसौनीमा ४ र कालिकामाईमा ६ उजुरी दर्ता भएका छन् । पटेर्वा सुगौली र जिराभवानीमा भने कुनै उजुरी परेको छैन । हेटौँडा कार्यालयका सूचना अधिकारी विमोचन घिमिरेका अनुसार अधिकांश उजुरी सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित छन् ।
गत आवमा हेटौँडा कार्यालयमा १२ जिल्लाका स्थानीय तहविरुद्ध १ हजार ९५६ उजुरी दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै उजुरी रौतहटमा ५३०, बारामा ४९३ र पर्सामा ४३१ वटा रहेका छन् । रामेछापमा भने कुनै उजुरी परेको छैन । हेटौँडा कार्यालयको कार्यक्षेत्रमा मधेस प्रदेशका तीन जिल्ला र बागमती प्रदेशका नौ जिल्ला पर्दछन् । रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र रामेछाप यस अन्तर्गत पर्छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












