ताजा समाचार

एसिसी यू–१९ प्रिमियर कपमा नेपाल हङ्कङसँग प्रतिस्पर्धा गर्दै !

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ ।

अजमान खेल मैदानमा नेपालले टस जितेर पहला ब्याटिङ गर्दैछ ।

यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि आठ विकेटको जित निकालेको थियो ।

आज खेलमा पनि नेपाल लगातार दोस्रो जितेको खोजीमा छ ।

चौध टोलीबीच चार समूहमा विभाजन गरी भइरहेकोको प्रतियोगिताका चार समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् ।

जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org