विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमको लगातार चौथो जित !
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा अपराजित यात्रा जारी राखेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोली समेत बनेको छ । जितका लागि एक सय ४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ओभरमा तीन विकेटको क्षतिमा एक सय ४५ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
जितसँगै चार खेलबाट आठ अङ्क बनाएको सुदूरपश्चिम शीर्षस्थानमा छ । सुदूरपश्चिम प्लेअफ नजिक पनि पुगेको छ । समान खेलबाट दुई अङ्क बनाएको लुम्बिनी छैटौँ स्थानमा छ । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अविजित अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले ४९ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ६९ रन बनाउँदै प्लेयर अफ दि म्याच समेत बनेका छन् ।
यस्तै आरिफ शेखले ३९ र क्रिस लेनले १६ रन बनाएका थिए । बलिङमा लुम्बिनीका अविशेष गौतम, रुवेन ट्रम्पलम्यान र तिलक भण्डारीले एक एक विकट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९।४ ओभरमा ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३६ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाए । यस्तै दीलिप नाथले ३१, डी’आर्की सर्ट र सुमित महर्जनले समान १८र१८ र गुलवदिन नईवले ११ रन बनाए ।
बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले तीन तीन विकेट लिए । यस्तै हेमन्त धामीले दुई तथा स्कट कग्लेइजनले एक विकेट लिए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











