कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित, बसिर अहमदको सानदार ब्याटिङ
काठमाडौं । बसिर अहमदको सानदार ब्याटिङको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्दै रोमाञ्चक जित दर्ता गराएको हो ।
६५-५ को कठिन अवस्थामा पुगेको विराटनगरलाई बसिरले संयमित र जिम्मेवार ब्याटिङ गर्दै जितसम्म पुर्याए । उनले ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ६२ रन बनाए । खेलको अन्तिम ओभरको पाँचौं बलमा नन्दन यादवलाई छक्का हान्दै विराटनगरको जित सुनिश्चित गरेका थिए ।
बसिरले छैटौं विकेटका लागि नारायण जोशीसँग ६९ रनको महत्वपूर्ण साझेदारी गरे । नारायणले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडे । कर्णालीका लागि बलिङमा कप्तान सोमपाल कामी र गुल्सन झाले दुई/दुई विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ३ विकेट गुमाउँदै १६० रन बनाएको थियो । टोलीका लागि ओपनर प्रियांक पान्चलले अर्धशतकीय इनिङ खेल्दै ४७ बलमा ६ चौका र २ छक्का मद्दतले ६३ रन जोडे । यो उनको यस सिजनको दोस्रो अर्धशतक हो ।
अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान दिए । उनले ४८ बलमा २ चौका प्रहार गरे । गुल्सन झाले २० रन बनाए भने नजिबुल्लाह जद्रान १० रनमा अविजित रहे । मार्क वाट ६ रनमा आउट भए । विराटनगरका लागि बलिङमा मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले समान एक/एक विकेट हात पारे ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











